पोखरा । नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज गोकर्ण विष्टले प्रदेश अधिवेशनमा प्यानल बन्यो भने उम्मेदवारी नै खारेज गर्ने बताएका छन् ।
गण्डकीको प्रथम प्रदेश अधिवेशन प्रचारप्रसार उपसमितिले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा सचिव विष्टले अधिवेशनमा कसैले प्यानल बनाए उम्मेदवारी खारेज गर्ने बताएका हुन् ।
‘प्यानल बन्ने स्थिति भयो भने तपाईंले समाचार सुन्नुहोला उम्मेदवारी खारेज भयो । मैले यतिमात्रै सांकेतिक रुपमा भन्छु । योभन्दा धेरै भन्दिनँ’, उनले भने । प्यानलका आधारमा उम्मेदवारी दिए खारेज हुन्छ भन्ने आचारसंहिता बनाएर अगाडि बढ्ने सचिव विष्टले सुनाए ।
‘प्यानलका आधारमा उम्मेदवारी दिँदा खारेज हुन्छ भन्ने आचारसंहिता बन्यो भने त्यो अवस्थामा खारेज हुन सक्दैन र ?’, उनले भने, ‘उम्मेदवारले पालना गर्नुपर्ने मापदण्डहरु, उम्मेदवारले पालना गर्नुपर्ने आचारसंहिता ती सबै उल्लंघन भएको अवस्थामा उम्मेदवारी खारेज हुँदैन र हुन्छ नि !’
प्यानलका आधारमा दिएको उम्मेदवारी खारेज हुने आचारसंहिता नबनाउँदा पार्टीभित्र माथिदेखि तलसम्म चिरा पर्ने अवस्था निर्माण भएको एमाले सचिव विष्टको ठहर छ ।
‘अब प्यानलगत अभ्यास गर्नुहुँदैन । त्यो निष्कर्षमा पार्टी पुगेको छ । त्यो निष्कर्षलाई कार्यान्वयन गर्न प्यानलगत अभ्यास हुन नदिने गरी आचारसंहिता बनाउँछौं । त्यो सबैका लागि लागू हुन्छ’, उनले भने ।
प्रथम अधिवेशनको लोगो सार्वजनिक
नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले असोज १५ र १६ गते पोखरामा आयोजना हुने प्रथम ऎतिहासिक अधिवेशनको लोगो पनि मंगलबार सार्वजनिक गरेको छ । अधिवेशन प्रचार प्रसार समितिले पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर लोगो सार्वजनिक गरेको हो।

लोगो सार्वजनिक गर्दै एमाले सचिव तथा गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टले अधिवेसनलाइ ऎतिहासिक बनाउन भएका तयारीहरूको बारेमा जानकारी दिए ।
बैठकले अधिवेशनलाई सभ्य र भव्य रूपले सम्पन्न गर्न विभिन्न विभिन्न उपसमिति मार्फत सशक्त ढंगले तयारी अगाडि बढाइएको प्रचार तथा प्रसार उपसमिति सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।
प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम अधिवेशन प्रचारप्रसार समिति संयोजक तथा प्रदेश कमिटीका उप सचिव रश्मि आचार्यले संचालन गरेका थिए ।
अधिवेशनमा करिब ९०० जना प्रतिनिधि सहभागी हुने र असोज ९ गते प्रतिनिधि चयन हुने अध्यक्ष शर्माले जानकारी दिए । प्रथम अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले असोज १५ गते अमरसिंह चौरमा गर्ने कार्यक्रम रहेको छ।
‘संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ’ बिषयक विचार गोष्ठी
नेकपा ( एमाले ) गण्डकी प्रदेश कमिटीको आयोजनामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्बाङ’ बिषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
पार्टी उपाध्यक्ष अस्टलक्ष्मी शाक्यले सुवास नेम्वाङसंग सबै जना मिलाउन सक्ने खुबीका कारण नै तत्कालिन अवस्थामा संविधान जारी हुन सकेको बताइन् । नेम्वाङकाे प्रभावशाली शालिन शैली सबैका लागि अनुकरणीय रहेकोसमेत उल्लेख गरे ।

पार्टी सचिव तथा गण्डकी इन्चार्ज गोकर्ण बिष्टले संविधानसभाको असहमतिका दर्जनौं बुँदा सहमतिमा परिणत गर्दै सर्वस्विकार्य समाधान निकाल्ने संयमता र धैर्यवान् व्यक्तित्व सुबास नेम्वाङ भएको उल्लेख गरे ।
एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले नेम्वाङ नेपाली राजनीतिको समाधान भएको भन्दै भद्र, मिजासिलो नेता भएको उल्लेख गरे ।
एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले समग्र पार्टीहरूको लागि चित्तबुझ्दो उपाय खोज्न सक्ने अद्वीतिय क्षमता नेम्वाङसंग भएको उल्लेख गरे । सो कार्यक्रममा स्थायी कमिटी सदस्य थममाया थापा, गण्डकी प्रदेश सरकारका कृषिमन्त्री महेन्द्रध्वज जिसी, नेकपा माओबादी केन्द्रका पोलिट्ब्युरो सदस्य तथा संविधानसभा सदस्य राजकाजी गुरुङ लगायतले नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङको योगदान बिषयमा चर्चा गरेका थिए ।
एमाले गण्डकी प्रदेश कमिटि अध्यक्ष नवराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष मोहन रेग्मी र सञ्चालन सचिव धनन्जय दवाडीले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ