पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार भक्तपुर जाने कार्यक्रम केही दिनअघि नै तय भएको थियो। भक्तपुरबासीकै निम्तामा पूर्वराजा शाह आइतबार भक्तपुर दरबार स्क्वायरको अवलोकन र तलेजु मन्दिरको दर्शनका लागि पुगेका थिए।
पूर्वराजा शाह भक्तपुर पुग्दा हजारौँको संख्यामा स्थानीयहरुले उनको स्वागत गरेका थिए। उनलाई स्वागत गर्नेहरुको भिडमा युवा, बृद्धबृद्धा र अधबैँसेहरु थिए।
स्थानीयले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजसंस्था जिन्दावाद’, ‘राजा आऊ देश बचाऊ’, ‘जनता आऊ राजा ल्याऊ’ जस्ता नारा लगाएका थिए।

स्थानीयहरुले पुष्पगुच्छा दिँदा पूर्वराजा शाहले उनीहरुसँग अन्तर्क्रिया पनि गरेका थिए। भित्रै गएर तलेजु भगवतीको दर्शन गरी पूर्वराजा शाहले भक्तपुर दरबार स्क्वायरमा रहेका अन्य मन्दिरहरुको पनि दर्शन गरेका थिए।
पूर्वराजा शाहको एक झल्को हेर्न स्थानीयहरु तँछाडमछाड गर्दै भिडमा अगाडि आएका थिए। नेपाल मजदूर किसान पार्टीका समर्थकहरुको संख्या ठूलो रहेको भक्तपुर सहर क्षेत्रमा पूर्वराजाको भ्रमणका लागि आउँदा स्थानीयहरुको उत्साह हेर्नलायक देखिएको थियो।

पूर्वराजाको स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने परम्परागत पहिरनमा सजिएका थिए। उनीहरु अधिकांशले हातमा पूर्वराजालाई दिन फूल बोकेका थिए।



तस्वीरहरूः रविन्द्र मिश्र फेसबुक लगायत सामाजिक सञ्जाल
सम्बन्धित खबर
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
राष्ट्रपतिको प्रधानमन्त्रीलाई सुझाव– निर्वाचनको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
अख्तियार पूर्वसचिव भीम उपाध्यायलगायतविरुद्ध सर्वोच्च पुग्यो
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
यो पनि पढौँ
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे