यू-१९ साफ च्याम्पियनशीप: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

यू-१९ साफ च्याम्पियनशीप: माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

Nepali Team

आयोजक नेपाल साफ यू–१९ च्याम्पियनसीप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै नेपालले अन्तिम चारमा स्थान सुनिश्चित गरेको हो । दुई मध्ये एक खेलमा जित तथा एक खेलमा हार भोगेको नेपाल उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा पाकिस्तानसँग १–० को गोल अन्तरले पराजय भोगेको थियो ।

समूह ‘ए’ बाट पाकिस्तान चार अंकसहित पहिलो हुँदै सेमिफाइनलमा पुग्यो । नेपाल भने तीन अंकसहित दोस्रो हुँदै अगाडि बढेको हो । समूहगत चरणको अन्तिम खेलमा नेपालसँग पराजित भएपछि माल्दिभ्स भने उपाधि होडबाट बाहिरिएको छ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली पाकिस्तानसँग ०—१ गोलले पराजित भएको थियो । पाकिस्तान र माल्दिभ्सबीचको खेल भने १—१ गोलको बराबरीमा सकिएको थियो । त्यसैले समूहगत चरणको सोमबार खेलिएको अन्तिम खेलमा नेपाली टोली जित्नै पर्ने दबाबमा थियो ।

खेलको प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । घरेलु मैदानमा नेपालले दुई गोल पहिलो हाफमै गरेको थियो । खेलको दोस्रो हाफमा नेपालले दुई गोल थपेको थियो भने माल्दिभ्सले एक गोल फर्काएको थियो ।

नेपालका लागि प्रशान्त लक्सम र समिर तामाङले एक—एक गोल गरेका गरेका थिए । उनले खेल सुरु भएको १७औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । निर्धारित समयको ३०औँ मिनेटमा समिर तामाङले नेपालको अग्रता दोब्बर बनाएका थिए ।

खेलको पहिलो हाफमै दुबै टोली १०—१० खेलाडीमा समेटिएका थिए । निर्धारित समयको ३४औँ मिनेटमा नेपालका सुजन डंगोल र माल्दिभ्सका कप्तान मोहम्मद ईयान हसन रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

निर्धारित समयको ५८औँ मिनेटमा माल्दिभ्सका लागि आदम लयान रसिदले जवाफी गोल गरेका थिए । त्यसपछि निर्धारित समयको खेल सकिनुभन्दा दुई मिनेटअघि निराजन धामीले नेपालका लागि तेस्रो गोल गरेका थिए । त्यसलगत्तै दोस्रो हाफको इन्जुरी समयमा समिर तामाङले ब्यक्तिगत रुपमा दोस्रो गोल गर्दै नेपाललाई सजिलो जित दिलाएका थिए ।

समूह ‘बी’ बाट भने भारत र भुटान प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पक्का भइसकेको छ । तर, समूह विजेताको टुंगो लाग्न भने बाँकी छ । भारत र भुटानबीच सोमबार साँझ खेलिने समूहगत चरणको अन्तिम खेलपछि समूह विजेताको टुंगो लाग्नेछ । लगातार दुई खेलमा पराजित भएको बंगलादेश भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds