पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि हातपात भएको छ ।
लमजुङ सुन्दरबजार ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तले अस्पतालका डाक्टर अनिल शाहमाथि हातपात गरेका हुन् ।
हातपातमा संलग्न गरेको आरोपमा पोखरा ५ मालेपाटनका विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभीको आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका हुन् । उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन् ।
किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आइसियुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ।
स्थिति तनावग्रस्त भएपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डाक्टरमाथि हातपात भएको विरोधमा मणिपालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुले नाराबाजी गरी दोषीलाई कारबाहीको माग पनि गरेका छन् ।
डाक्टर कुट्ने व्यक्तिलाई जेल चलान गर्नु पर्ने माग राखेका छन् । मणिपालमा करिब ९ महिना अघि यस्तै घटना भएको थियो । त्यसबेला डाक्टर कुट्नेलाई माफी दिइएको र माफी दिनु नै गम्भीर गल्ति भएको आन्दोलित एक डाक्टरले बताएका छन् ।
गत साता पनि कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । स्वास्थ्य केन्द्रका अहेबमाथि मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।
सम्बन्धित खबर
पोखरामा मगर समुदायको भूमे पूजा
‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ का लागि १८ जना छानिए, फाइनल असार ७ गते हुने
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
यो पनि पढौँ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखरामा सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप, ब्ल्याकमेल गर्ने महिलासहित ३ जना पक्राउ
माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतिको मृत्यु
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार