पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमाथि हातपात भएको छ ।
लमजुङ सुन्दरबजार ५७ वर्षीया सुकमाया दुराको सोमबार मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएपछि आक्रोशित आफन्तले अस्पतालका डाक्टर अनिल शाहमाथि हातपात गरेका हुन् ।
हातपातमा संलग्न गरेको आरोपमा पोखरा ५ मालेपाटनका विनय गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । सीसीटीभीको आधारमा गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइको भन्दै बिरामीका आफन्तले डाक्टरमाथि हातपात समेत गरेका हुन् । उनीहरुले अस्पतालमा समेत तोडफोड गरेका छन् ।
किड्नी फेल भएकी दुरा आइतबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी थिइन्। मुटुको समेत समस्या रहेको उनलाई आकस्मिक कक्षबाट आइसियुमा लगेर भर्ना गरिएको अस्पतालले जनाएको छ।
स्थिति तनावग्रस्त भएपछि अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । डाक्टरमाथि हातपात भएको विरोधमा मणिपालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरुले नाराबाजी गरी दोषीलाई कारबाहीको माग पनि गरेका छन् ।
डाक्टर कुट्ने व्यक्तिलाई जेल चलान गर्नु पर्ने माग राखेका छन् । मणिपालमा करिब ९ महिना अघि यस्तै घटना भएको थियो । त्यसबेला डाक्टर कुट्नेलाई माफी दिइएको र माफी दिनु नै गम्भीर गल्ति भएको आन्दोलित एक डाक्टरले बताएका छन् ।
गत साता पनि कञ्चनपुरका स्वास्थ्यकर्मीमाथि हातपात भएको थियो । स्वास्थ्य केन्द्रका अहेबमाथि मध्यराति ड्युटीमा खटिएको बेला हातपात भएको हो।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?