पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोगल विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौँ र आठौँ तहका पदहरुमा अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
जसअनुसार आठौँ तहमा मेडिकल अधिकृतदेखि आयुर्वेदिक चिकित्सकसम्म माग भएको छ । यसैगरी सातौँ तहमा खाद्य अधिकृतदेखि कृषि अर्थविज्ञसहितका ५४ पदमा दरखास्त आह्वान भएको छ । इच्छुक उम्मेदवारले असोज ३० भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
२१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने जनाइएको छ ।
यस्तै स्थानीय सेवाका खुला प्रतिस्पर्धाद्वारा पूर्ति हुने पदहरूमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनअनुसार २०६३ सालभन्दा अगाडिदेखि साबिक स्थानीय निकायको दरबन्दीमा अस्थायी वा करारमा नियुक्ति भई निरन्तर रूपमा कार्यरत रहेका कर्मचारीको हकमा पनि उमेर हद नलाग्ने जनाइएको छ । यस्तै आयोगले बढुवाको सूचना पनि निकालेको छ ।

सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर