पोखरा । गण्डकी प्रदेश लोक सेवा आयोगल विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सेवाका सातौँ र आठौँ तहका पदहरुमा अन्तर तह, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।
जसअनुसार आठौँ तहमा मेडिकल अधिकृतदेखि आयुर्वेदिक चिकित्सकसम्म माग भएको छ । यसैगरी सातौँ तहमा खाद्य अधिकृतदेखि कृषि अर्थविज्ञसहितका ५४ पदमा दरखास्त आह्वान भएको छ । इच्छुक उम्मेदवारले असोज ३० भित्र अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।
२१ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको साथै महिला वा अपाङ्ग उम्मेदवारको हकमा ४० वर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । साथै स्वास्थ्य सेवा तर्फका पदमा दरखास्त दिन उमेरको हद २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । तर संघीय निजामती सेवा, जुनसुकै प्रदेशको प्रदेश निजामती सेवा र स्थानीय सेवाका बहालवाला स्थायी कर्मचारीको हकमा उमेरको हद नलाग्ने जनाइएको छ ।
यस्तै स्थानीय सेवाका खुला प्रतिस्पर्धाद्वारा पूर्ति हुने पदहरूमा स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनअनुसार २०६३ सालभन्दा अगाडिदेखि साबिक स्थानीय निकायको दरबन्दीमा अस्थायी वा करारमा नियुक्ति भई निरन्तर रूपमा कार्यरत रहेका कर्मचारीको हकमा पनि उमेर हद नलाग्ने जनाइएको छ । यस्तै आयोगले बढुवाको सूचना पनि निकालेको छ ।

सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ