पोखरा । पत्रकार कमल पौडेल अथक तीर्थसागर स्मृति लोक तथा दोहोरीगीत पत्रकारिता पुरस्कार २०८० बाट पुरस्कृत भएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको पाँचौ बार्षिक साधारण सभाको अवसरमा शनिवार पोखरामा आयोजित कार्यक्रममा अथकलाई सो पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
बिगत २ दशक भन्दा बढी पोखरामा पत्रकारिता गर्दै आएका अथक रेडियो, पत्रिका, टेलिभिजन, अनलाइनमा काम गर्दै आएपनि हाल उनी रेडियो सराङकाटका समाचार प्रमुख एवं समयदृष्टि डटकमका प्रधानसम्पादक रहेका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान स्याङ्जाका पूर्व उपाध्यक्ष रहेका अथकका जाउँलाबाटो भरतपुरको, भीरमा लौसीबोट, कतागयौ फूल कुचँदै, मुटु जलाम्दै, रोएकी चेली लगायतका लोक तथा दोहोरी गीतको साथै गीत गजल, हाइकु खण्डकाव्य, उपन्यास गरी डेढ दर्जन बढी साहित्यीक कृति प्रकाशित छन् ।
पत्रकार अथकले पत्रकारिताको माध्यमबाट लोकदोहोरीको क्षेत्रमा कलम चलाएकोमा पुरस्कृत गरिएको हो । प्रतिष्ठान गण्डकीका संरक्षक एवं बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुली, अध्यक्ष राजन कार्की लगायतले पत्रकार अथकलाई दोसल्ला, चेक र सम्मान पत्रले पुरस्कृत गरे ।
सो अवसरमा बाेल्दै संरक्षक पराजुलीले लोक तथा दोहोरी गीतको नजिक रहेर प्रतिष्ठानको उन्नयन र विकासको लागि कलम चलाउने एक कुशल पत्रकार सम्मान गर्न पाउँदा खुसी लागेको बताए । उनले हरेक कुरामा दुःख र परिश्रमले मात्र उचाइमा पुर्याउने बताए । अहिले दोहोरीमा लाग्नेहरुले आफू अनुशासनमा बस्दै राज्यले दिने सेवा सुविधाको बारेमा पनि ध्यान दिन आग्रह गरे ।
पुरस्कृत पत्रकार कमल पौडेल अथकले आफ्नो यात्रा सुरुमा लोकदोहोरी नै भएको स्मरण गरे । पेशाले पत्रकारिता नै गरेपनि लोक तथा दोहोरी गीतमा उत्तिकै रुची रहेको र यसलाई आफूले कहिल्यै नभुल्ने उनले बताए ।
सोहि अवसरमा संस्थाले नरबहादुर स्मृति पत्रकारिता पुरस्कार २०८० बाट लोक दोहोरी गायिका सरस्वती परियारलाई पुरस्कृत गरेको छ ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ