बाग्लुङबाट पोखरा आउँदै गरेको जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल खुमलाल भुसालले केही समय अघि खोजीको क्रममा एक जनाको शव भेटिएको गण्डकन्यूजलाई जानकारी दिए । जीपको केही भाग मोदीखोला दोभानमा भेटिएको छ । त्यहीँ नेपाली सेना, सशस्त्र प्रहरीसहित नेपाल प्रहरी टोलीले खन्न सुरु गरेको छ ।
डिएसपी भुसालका अनुसार इन्स्पेक्टर अविनास जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयको टोली खोजी कार्यमा जुटेको छ । डिएसपी भुसालले चालक अहिले प्रहरीकै सम्पर्कमा रहेको बताए ।
उनले भने– ‘माथितिर झनै बढी बर्षा भएको रहेछ । खहरे खोला उर्लेर आयो । खोलानेर जीप पुग्दा पार गर्न नसकेपछि रोकेर ओड लगाउन लाग्दा ग्रेगरसहितको बाढी आएर जीप बगायो । भित्र रहेका तीन जना पनि सँगै बगे भनेर चालकले भनेका छन् । एक जना बाग्लुङबाटै चढेको र २ जना बीचबाट चढेको उनले बताएका छन् ।’ यात्रु सबै पुरुष हुन् । चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् ।
ग१ज ६२१३ नम्बरको जीप शनिबार साँझ साढे ६ बजे खोलाले बगाउँदा जीपसहित ३ जना वेपत्ता भएका हुन् । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको सर्वप्रथम त्यहाँबाट पत्रकार कृष्ण अखेलीले जानकारी दिए । तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो ।
तस्वीरः पत्रकार रोशन तिवारीको भिडियाेबाट
सम्बन्धित समाचारः
पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?