पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित

दुर्घटना

पर्वतमा तमादी खोलाले जीप बगाउँदा ३ यात्रु बेपत्ता, चालक सुरक्षित

जीप बाग्लुङबाट पोखरा आउँदै थियो

tamadi khola

पर्वत । बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको जीप खोलाले बगाउँदा जीपसहित ३ जना बेपत्ता भएका छन् ।

पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको त्यहाँबाट पत्रकार कृष्ण अखेलीले जानकारी दिए ।

ग१ज ६२१३ नम्बरको टाटा सुमो साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा त्यसमा सवार ३ पुरुष गाडीसहित बेपत्ता भएको हो । उनीहरुको परिचय खुलिसकेको छैन । चार जना सवार उक्त जीपमा चालक भने हाम्फालेर ज्यान बचाएका छन् । चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् ।

घटनास्थलमा सुरक्षाकर्मी पुगेको छ । स्थानीय र सुरक्षाकर्मीले बगाएको जीप र व्यक्तिहरुको खोजी कार्य गरिरहेका छन् । तल्लोभाग निकै असजिलो भएकाले खोजीकार्यमा कठिनाई उत्पन्न भएको छ । तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो । तमादी मोदीखोलामा मिसिन्छ ।

साँझदेखि पर्वतमा भीषण वर्षा भएको थियो । बाढीले केहीबेर बाटो अवरुद्ध भएकोमा अहिले बाटो खुलेको पत्रकार अखेलीले जनाए । ट्राफिक प्रहरी जाम खुलाउन सक्रिय छन् भने सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरु बगेको जीप र मान्छेहरु खोजिरहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ