पर्वत । बाग्लुङबाट पोखरातर्फ आउँदै गरेको जीप खोलाले बगाउँदा जीपसहित ३ जना बेपत्ता भएका छन् ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ र ८ को सीमा खोला तमादीमा आएको बाढीले खोला पार गरिरहेको जीपलाई बगाएको त्यहाँबाट पत्रकार कृष्ण अखेलीले जानकारी दिए ।
ग१ज ६२१३ नम्बरको टाटा सुमो साँझ साढे ६ बजेतिर बाढीले बगाउँदा त्यसमा सवार ३ पुरुष गाडीसहित बेपत्ता भएको हो । उनीहरुको परिचय खुलिसकेको छैन । चार जना सवार उक्त जीपमा चालक भने हाम्फालेर ज्यान बचाएका छन् । चालक पोखरा हेम्जाका बसन्तबहादुर थापा हुन् ।
घटनास्थलमा सुरक्षाकर्मी पुगेको छ । स्थानीय र सुरक्षाकर्मीले बगाएको जीप र व्यक्तिहरुको खोजी कार्य गरिरहेका छन् । तल्लोभाग निकै असजिलो भएकाले खोजीकार्यमा कठिनाई उत्पन्न भएको छ । तमादीखोला चुवा र खरेहा नजिकैको खोला हो । जहाँ पुल छैन । कजवे पार गर्ने क्रममा जीप बगेको हो । तमादी मोदीखोलामा मिसिन्छ ।
साँझदेखि पर्वतमा भीषण वर्षा भएको थियो । बाढीले केहीबेर बाटो अवरुद्ध भएकोमा अहिले बाटो खुलेको पत्रकार अखेलीले जनाए । ट्राफिक प्रहरी जाम खुलाउन सक्रिय छन् भने सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीयहरु बगेको जीप र मान्छेहरु खोजिरहेका छन् ।
सम्बन्धित खबर
पुल नहुँदा सदरमुकामकै दुई खोलामा जोखिमपूर्ण यात्रा
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
बाघको आक्रमणमा दुई बाख्रा मरे
स्याङ्जा प्रशासनको सेवा अब सहज, नयाँ प्रणालीले घटायो लाइन र झन्झट
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
वर्षा र चितुवाको प्रकोपले पुतलीबजारका किसानलाई दोहोरो मार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण