आज ३३ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’का रुपमा मनाउने प्रस्ताव पारित गरेपश्चात् विश्वभरि नै आजको दिनलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने गरिएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । पोखरा वडा नं. १५ कार्यालयले पनि वडाका ज्येष्ठ नागरिकलाई भेला पारी सम्मान तथा लौरो र फलफूल वितरण गरेको छ ।
कार्यक्रममा १ सय वर्ष नाघेका चित्र बहादुर खवास र नवलसिंह भण्डारीका साथै वडामा सञ्चालित ज्येष्ठ नागरिक मिलन केन्द्रका ८० वर्ष उमेर कटेका ४० जनालाई लौरो तथा फलफूल वितरण गरिएको वडा अध्यक्ष तोरणबहादुर बानियाँले जानकारी दिए ।
वडाध्यक्ष बानियाँले वडाका ज्येष्ठ नागरिकका सम्मानका लागि यो कार्यक्रम आयोजना गरिएको बताउँदै ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमणको तारतम्य वडाले मिलाउने बताए । उनले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका खानी भएकाले उहाँहरुको कुरा र वचनमा अघि बढे सही ठाउँमा पुगिने बताए । त्यसैले हरेक परिवारले ज्येष्ठ नागरिक बुवा आमाको सम्मान र माया गर्नुपर्ने बताए ।
कार्यक्रममा कार्यपालिका सदस्यसमेत रहेकी वडा सदस्य मन्दिरा परियार, आशिष भण्डारी, बलराम पौडेल र सेतीमाया गुरुङकपनि उपस्थिति रहेको थियो ।

ज्येष्ठ नागरिक मिलन केन्द्र, शिवमन्दिरका कृष्णबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामबहादुर बस्नेतले गरेका थिए ।
जन्मदिनमा कृष्णबहादुर खत्रीले अक्षयकोषमा दिए ५५ हजार ५ सय ५५
सोहि समारोहमा कृष्णबहादुर खत्रीले ज्येष्ठ नागरिक कोषमा ५५ हजार ५ सय ५५ रुपैंया दान गरी आफ्नो जन्मदिन मनाए । वडाअध्यक्ष बानियाँले जन्मदिनको शुभकामना दिँदै धन्यवाद ज्ञापन गरे । जन्मदिवसको अवसरमा खत्रीले कार्यक्रममा सहभागीलाई रोटी तरकारीको समेत व्यवस्था गरेका थिए ।

‘सबै पुस्ताका लागि ज्येष्ठ नागरिकका लागि मानवअधिकारबारे विश्वव्यापी घोषणापत्रको वाचा पूरा गरौँ’ भन्ने नारासहित विश्वभर यो दिवस मनाइएको हो । दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह र ज्येष्ठ नागरिकको क्षेत्रमा क्रियाशील राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घ तथा विभिन्न सङ्घसंस्थाले ज्येष्ठ नागरिकको हक, हित, संरक्षण र संवर्द्धनका लागि विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ