काठमाडौं । नायक अनमोल केसीलाई निर्माता-निर्देशक सुदर्शन थापाले प्रहरी हिरासतमा पुर्याएपछि धेरै चलचित्रकर्मीहरूले उनीहरूलाई आपसी छलफलबाट विवाद समाधान गर्न सुझाव दिएका छन् । अनमोलका प्रतिस्पर्धी नायक प्रदीप खड्काले पनि कसैको नाम नलिइकन यस विषयमा धारणा सार्वजनिक गरेका छन् ।
भर्खरै विवाह गरेका दुलाहा र दुलहीको उदाहरण पेश गर्दै उनले ‘बिहेपछि दुलही फिर्ता लैजाउ भन्न नपाइने’ टिप्पणी गरेका छन् । खड्का लेख्छन्, ‘विवाहपूर्वको सम्बन्ध तोडिँदा हो तिम्रो गिफ्ट फिर्ता लैजाऊ, मलाई तिमी मन पर्न छोड्यो भन्ने । विवाहइत्तर त सुहागरातमात्र भएको हो, मलाई मन परेन, अचानक चित्त बुझ्न छोड्यो, दुलही फिर्ता लगेर यो नाक कान मिलाएर ल्याउनू होइन भने दुलही लानुस्, म विस्तारै दाइजो (कानूनले वर्जित क्रियाकलाप) फिर्ता गर्छु भनेर कहाँ कुरा मिल्ला र खै ।’
खड्का थप्छन्, ‘खैर, चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जेसुकै भाको भए पनि दुलहीले माग्ने आधा अंश हो । कानूनले दिलाउने पनि त्यही नै हो ।’
खड्काको थप भनाइ यस्तो छः
बुढाले छोडेकी भनेर दाग लगाईदिएसी आफूले जिते सम्झेर रमाउन त सक्लाउ, एकतिर उन्नत समाजले सामान्य मानेर दुलही स्वीकार्न पनि समस्या नहोला, तर अर्को पाटो, दुलहीलाई खोट लगाएर लखटेसी उनलाई विवाहको इच्छा वा आत्मविश्वास नै नरहन पनि त सक्छ ।
खैर ! चाहे १ दिन होस् वा १ दशक, चाहे कानूनी होस् वा सामाजिक, विवाह जे सुकै भा’को भए नि दुलहीले माग्ने आधा अंश हो कानूनले दिलाउने पनि त्यही नै हो । ५/७ ओटी दुलही सोझा परे, मजाले पेलियो भन्दैमा, सवै एकै नहोलान् नि ! यो पल्टको अलि गार्हो खाल्की छे भन्ने बुझ्न पर्ने ।
चाहे मैदानमा विश्व चर्चित मेस्सी वा कोहली किन नहोस्, खेलको बीचमा अन्तिम निर्णयको अधिकार कम परिचित रेफ्रिको नै चल्छ । चाहे चित्त बुझोस् वा नबुझोस् । मलाई गोल हान्न दिएन भनेर ठुस्स पर्दा घरेलु खेलमा परिवारले ल ल गोल हान बाबु भनेर छोड्देलान्, तर कसैको लागि यो खेल खेलौना नभएर काम, भगवान् र जिन्दगी हुन सक्छ । खेलको बीचबीचमा रुवाबासी गर्नु भन्दा मैदान पस्न अगाडि सोचेर निर्णय गरौं । कानून राजको विकल्प छैन ।
उनी थप्छन्, ‘विवाह (प्रतिवद्धता) पनि डिभोर्समा जेल हुन्छ जस्तो लागेन अंश (क्षतिपूर्ति) चै हुन्छ है । आत्मरक्षाको लागि गरेको हत्या पनि जधन्य अपराध नहुन सक्छ, यसले प्रत्येक कार्यको पछाडिको मनसाय र नियतले मुद्दाको प्रकृति निर्धारण गर्दछ भन्ने बुझाउछ । जानाजानी र नियमित कु-अभ्यास पक्कै कानून र अख्तियारको दुरुपयोगको मामला हुन जान्छ ।’
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु