ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो

ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो

traffic-obstructed-after-ac

Road Jam File Photo

धादिङ । ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो ।

आज बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा प्रदेश ०२–००१ ख ६४१३ नम्बरको ट्रकले ठक्कर दिंदा सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको घटनास्थलमै मृत्यु भएपछि आफन्तले सडक अवरुद्ध बनाएका थिए । उनीहरू बागेश्वरी माध्यमिक विद्यालयको कक्षा आठमा अध्ययनरत थिए ।

मृतक बालकको शव पोष्टमार्टमका लागि गजुरी अस्पताल पु¥याइएको छ ।

ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–२ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds