मनाङमा भिरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय चार्ल्स केथ डेभिज रहेका छन् ।
उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए ।
बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो ।
राती करिब ३ बजे अस्पताल लगिएकोमा सवा ३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मनाङका सूचना अधिकारी इन्स्पेक्टर पुष्कर कार्कीले जानकारी दिए ।
डेभिजको शवलाई पेष्टमार्टमको लागि एयर डाइनेष्टी हेलिकप्टर मार्फत् विहीबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ ।उनको श्रीमती, गाईड र पोटर हेलिकप्टरमै फर्किएका छन् ।
सूचना श्राेतः तगारो न्यूज, प्रतिनिधिमूलक तस्वीर
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह