मनाङमा भीरबाट खसेर अमेरिकी पर्यटकको मृत्यु

मनाङमा भीरबाट खसेर अमेरिकी पर्यटकको मृत्यु

bhir khasera

मनाङमा भिरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकी राहदानी नं. ६८१७४२५ का ६९ बर्षिय चार्ल्स केथ डेभिज रहेका छन् ।

उनी बुधबार श्रीमती वेथ एन फोड्रियत, गाईड, चालक र पोटर सहित बा ६ च ७५६ नम्बरको ल्याण्ड क्रुजर गाडीमा लमजुङबाट मनाङ सदरमुकाम चामे जाँदै थिए ।

बेसीशहर–चामे सडकखण्ड अन्तर्गत मनाङको नासोँ गापा–३ खोत्रोडाँडाबाट सडकमा झरेको ढुङ्गा पन्छाउने क्रममा राती करिब १० बजे उनी सडकबाट करिब सय मिटर तल मर्स्याङ्दी नदि किनारमा खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय धारापानीबाट खटिएको प्रहरी टोलीले उनलाई राती सवा १ बजे उद्धार गरी उपचारका लागि मनाङ जिल्ला अस्पताल चामे लगिएको थियो ।

राती करिब ३ बजे अस्पताल लगिएकोमा सवा ३ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मनाङका सूचना अधिकारी इन्स्पेक्टर पुष्कर कार्कीले जानकारी दिए ।

डेभिजको शवलाई पेष्टमार्टमको लागि एयर डाइनेष्टी हेलिकप्टर मार्फत् विहीबार दिउँसो सवा ३ बजे टिचिङ अस्पताल काठमाडौं लगिएको छ ।उनको श्रीमती, गाईड र पोटर हेलिकप्टरमै फर्किएका छन् ।

सूचना श्राेतः तगारो न्यूज, प्रतिनिधिमूलक तस्वीर

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ