नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । मध्यान्ह ११ः५५ बजेदेखि सुरु भएको मतदान साढे ५ बजेसम्म चल्ने तालिका सार्वजनिक भएपनि ४ घण्टा बढी समयसम्म चल्यो ।
८ सय ९६ मत खसेको छ । १० जना अनुपस्थित रहे । बागलुङका २ जना र मनाङका ८ जना प्रतिनिधि अनुपस्थित रहेकाे बताइन्छ ।
निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो । विभिन्न क्लस्टरमा मतदान गर्नुपर्ने र इलेक्ट्रोनिक भोटिङ गर्न प्रतिनिधि अभ्यस्त नहुँदा निकै समय खर्चिएको देखियो । एक जनालाई १५ मिनेट लाग्ने अनुमान गरिएकोमा एक घण्टा भन्दा बढी समय लगाएको पनि देखियो । त्यसैले निर्धारित समयमा आधाले पनि मत हाल्न पाएनन् र निर्वाचन समितिले सहमतिमै समय थप गरेको हो ।
मतदानमा ३३ वटा विद्युतिय भोटिङ मेसिनको प्रयोग गरिएको प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले बताए । अब मतगणनाको तयारी थालिएको छ । विद्युतिय भोटिङ मार्फत मतदान भएकोले गणना सुरु भएको एक घण्टामा सबै नतिजा आउने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । शर्मा तर्फ उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् ।

सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवार छन् । दवाडी पृथ्वीसुब्बा र रश्मि खगराज प्यानलबाट हुन् । उपसचिवमा दामबहादुर विक र सन्तोष रावल चुनावी मैदानमा छन् । विक पृथ्वीसुब्बा र रावल सन्तोषनिकट हुन् ।

उपसचिव महिलामा मञ्जु अधिकारी र मिना गुरुङको प्रतिष्पर्धा छ । अधिकारी पृथ्वीसुब्बा र गुरुङ खगराज प्यानलका हुन् ।
मतदानस्थलमा आचारसंहिता विपरितका गतिविधि देखिए । प्यानल बनाएर चुनाव लड्न नपाउने पार्टीको निर्देशन विपरित दुवै तर्फ प्यानल नै बनाइयो । प्रतिनिधिहरुले खल्ती खल्तीमा हालेर हेर्दै मत दिए । केही उम्मेदवारको नाम दुवै प्यानलमा देखिए । यसले उनीहरुलाई फाइदा मिल्ने देखिएको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ