दाह्री काट्ने मेसिन नदिएको भन्दै आफ्नै बाबुमाथि छुरा प्रहार, उपचाररत बाबुको १० दिनपछि मृत्यु

दाह्री काट्ने मेसिन नदिएको भन्दै आफ्नै बाबुमाथि छुरा प्रहार, उपचाररत बाबुको १० दिनपछि मृत्यु

२८ वर्षीय छोरा पक्राउ

hatya_

लमजुङ। लमजुङमा आफ्नै छोराको छुरा प्रहारबाट बाबुको मृत्यु भएको छ।

जिल्लाको क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो छुरा प्रहारबाट मृत्यु भएको हो ।

गत असोज १० गते साँझ आफ्नै छोरा २८ वर्षीय छोरा सुजन बिकको छुरा प्रहारबाट गम्भिर घाइते भएका उनलाई उपचारका लागि पोखरा पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएपनि उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको लमजुङका डिएसपी तथा प्रहरी प्रवक्ता मिनबहादुर घलेले गण्डक न्युजलाई जानकारी दिए।

घलेका अनुसार २८ वर्षीय छोरा सुजन बिकसँग दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा सुजनले आफ्नै बाबुमाथि छुरा प्रहार गरेका थिए। घटनाको सूचना लगत्तै प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीको टोलीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो।

हाल जिल्ला प्रहरी कार्यालय लमजुङको नियन्त्रणमा रहेका छोरा सुजनमाथि आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता घलेले गण्डक न्युजसँग भने ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

भर्खरै

ट्रेन्डिङ