नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले इजरायलमा हमासको आक्रमण बढ्दै गएकाले त्यहाँ रहेका नेपालीको उद्धारमा एक मिनेट पनि ढिलाइ गर्न नहुने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले प्रमुख सचेतक गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इजरायली समकक्षी बेन्जामिन नेतन्याहुलाई फोन गरेर त्यहाँ रहेका नेपालीको उद्धारका निम्ति पहल गर्न भनेका छन् ।
संसदमा गिरीले भने – ‘वास्तवमा भन्ने हो भने त्यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको उद्धारका निम्ति र उहाँहरूको जीवन रक्षाका निम्ति एक मिनेट पनि ढिलाइ गर्न सक्ने अवस्था छैन। यो देशमा सरकार छ, मुलुकमा राज्य छ। ती नागरिकहरूको अभिभावक यो राज्य हो, सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले कदम उठाउनुपर्छ । सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, सरकारका मन्त्रीले त्यहाँको घटना विवरण दिएर मात्र पनि पुग्दैन, देशको प्रधानमन्त्रीले त्यहाँको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गर्नुपर्यो। संवाद गर्नुपर्यो। हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा हुनुपर्यो। उनीहरूलाई उद्धार गर्नुपर्यो। उनीहरूको उपचारको काम तुरून्तै हुनुपर्यो।’
परराष्ट्रमन्त्री साउदद्वारा नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराए ।
परराष्ट्रमन्त्री साउदका अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन्। विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ। यहाँ रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ।
बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्र मन्त्री साउदले बताए।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’