नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले इजरायलमा हमासको आक्रमण बढ्दै गएकाले त्यहाँ रहेका नेपालीको उद्धारमा एक मिनेट पनि ढिलाइ गर्न नहुने बताएका छन्।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले प्रमुख सचेतक गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई इजरायली समकक्षी बेन्जामिन नेतन्याहुलाई फोन गरेर त्यहाँ रहेका नेपालीको उद्धारका निम्ति पहल गर्न भनेका छन् ।
संसदमा गिरीले भने – ‘वास्तवमा भन्ने हो भने त्यहाँ रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूको उद्धारका निम्ति र उहाँहरूको जीवन रक्षाका निम्ति एक मिनेट पनि ढिलाइ गर्न सक्ने अवस्था छैन। यो देशमा सरकार छ, मुलुकमा राज्य छ। ती नागरिकहरूको अभिभावक यो राज्य हो, सरकार हो भने यसमा सरकारले अत्यन्तै प्रभावकारी ढंगले कदम उठाउनुपर्छ । सरकारले एउटा विज्ञप्ति निकालेर मात्र पुग्दैन, सरकारका मन्त्रीले त्यहाँको घटना विवरण दिएर मात्र पनि पुग्दैन, देशको प्रधानमन्त्रीले त्यहाँको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई फोन गर्नुपर्यो। संवाद गर्नुपर्यो। हाम्रा नागरिकको छिटोभन्दा छिटो जीवन रक्षा हुनुपर्यो। उनीहरूलाई उद्धार गर्नुपर्यो। उनीहरूको उपचारको काम तुरून्तै हुनुपर्यो।’
परराष्ट्रमन्त्री साउदद्वारा नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा रहेका नेपालीहरूको अवस्थाबारे सदनलाई जानकारी गराए ।
परराष्ट्रमन्त्री साउदका अनुसार इजरायलमा हाल चार हजार पाँच सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेको र दुई सय ६५ जना विद्यार्थी छन्। विद्यार्थीहरूमध्ये नेपालको कृषि विश्वविद्यालयबाट एक सय १९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना छन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपाली दक्षिण इजरायलमा अध्ययनरत थिए। यो गाजा क्षेत्रनजिकै पर्दछ। यहाँ रहेका १७ जना नेपालीमध्ये दुई जना सकुशल छन् भने तीन जना घाइतेको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ।
बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र हताहत भएको हुन सक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको परराष्ट्र मन्त्री साउदले बताए।
सम्बन्धित खबर
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
कांग्रेस फुटबाट जोगाउन अब गाह्रो, इतर समूहले पनि सार्वजनिक गर्यो १५औं महाधिवेशनको कार्यतालिका
दुर्गा प्रसाईं भन्छन्: देश जलाउने राजनीतिमा मेरो रुची छैन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला