यसपालिको लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जितेका छन् । ६९ प्रतिस्पर्धीलाई पछि पार्दै ११ औँ संस्करणको उपाधि गजेन्द्रले उचालेका हुन् ।
निर्धारित १३.५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेन्डमा पूरा गरे । उनलाई गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लिगलिगे राजा घोषणा गरे । उनले नगद १ लाख पुरस्कार र श्रीपेच पाएका छन् ।
दौडमा आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो र साबिक विजेता अनीश थापा तेस्रो बने । रावतले ५६ मिनेट ५३ सेकेन्डमा दुरी पार गरेका हुन् भने थापाले ५८ मिनेट ३५ सेकेन्डमा पार गरे ।
दोस्रो भएका रावतले ५० हजार र तेस्रो हुने थापाले २५ हजार पुरस्कार पाए । दौडमा २१ जना स्थानीय धावक सहित कुल ७० जनाको सहभागिता थियो । गोरखा र लमजुङको सिमानामा पर्ने चेपे घाटबाट सुरु भएको दौड ढिकीडाँडा, ठाँटीपोखरी, सभा चौतारो हुँदै लिगलिगकोट कालिका मन्दिरमा पुगेर सकिएको संस्थाका अध्यक्ष सञ्जीव राना मगरले जानकारी दिए ।
नेपाल एकीकरण अघि बाइसे चौबीसे राज्यमध्ये लिगलिगकोटमा दौडेर प्रथम हुने व्यक्ति राजा हुने परम्परा रहेको थियो। पहिले राजा हुने परम्पराबाट दौड प्रतियोगिता सुरु भएको भएपनि अहिले लिगलिगको आन्तरिक तथा बाह्य पर्यटकलाई लिगलिगकोट भित्र्याउन प्रतियोगिताको आयोजना गरिँदै आएको छ। वि.सं. १६०४ मा सुरु भएको मानिएको दौड प्रतियोगितालाई पुनः २०६७ बाट निरन्तरता दिन थालिएको हो। तत्कालीन राजा द्रव्य शाहले दौडमा विजय हासिल गरी लिगलिगकोटको राजा बनेपछि लिगलिगकोटमा दौडिएर राजा हुने परम्पराको अन्त्य भएको मानिन्छ। कोरोना कालमा ३ वर्ष भने प्रतियोगिता हुन सकेन ।
सम्बन्धित खबर
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
गोरखाका फोटोग्राफर एकजुट, भट्टको नेतृत्वमा समिति चयन
वर्षाले सडक भासिँदा गोरखाको ढुङ्गागाढे-खाब्दी भञ्ज्याङ सडक अवरुद्ध
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?