बजारमा चिनी अभाव भएपछि धादिङदेखि मानिसहरु दुई किलो चिनी किन्नका लागि काठमाडौँको सुपथ मूल्य पसल पुगेका छन् ।
नेपालीको मुख्य चाड दशैं, तिहार र छठको समयमा बजारमा चिनी अभाव भएपछि धादिङका स्थानिय काठमाडौँको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा पुगेका हुन् । दसैँ, तिहार र छठमा नेपालीले ठूलो मात्रामा चिनी प्रयोग गर्ने समयमा सरकारले दायित्व निभाउन नसकेको उनीहरू गुनासाे गर्छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनका विभागीय निर्देशक ब्रजेशकुमार झाले सरकारले आन्तरिक बजारबाट उपलब्ध गराएको ७० टन चिनी भएसम्म उपभोक्तालाई २ केजी उपलब्ध गराउने बताए। उनले लाइनमा बस्ने उपभोक्ताले अनिवार्य २ केजी चिनी पाउने बताए
उनले चिनी अभाव हुने विषयमा गत जेठमा सरकारसँग आग्रह गर्दा समयमा स्वीकृति नदिँदा चिनीमा समस्या आएको बताए। सरकारले समयमै स्वीकृत दिएको भए यस्तो अवस्था नआउने उनको भनाइ छ।
साल्ट ट्रेडिङ र खाद्य व्यापार तथा व्यवस्था कम्पनीले अहिले विभागले उपलब्ध गराएको ७० हजार किलो चिनी उपभोक्तालाई प्रतिकिलो ९७ रुपैयाँमा बिक्री गरिरहेको छ । चाडपर्वमा जनताले २ किलो चिनी पाउन समेत विभिन्न समस्या झेल्नुपर्ने बाध्यता सरकारको लाचारीपनको कारण भएको हो ।
सम्बन्धित खबर
जेनजी आन्दोलनमा प्रहरीलाई आमाबारे सोच भन्ने व्यक्तिले नै गरे आमाको हत्या
गएरातिदेखि अवरूद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा
गल्छीमा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
धादिङको त्रिपुरासुन्दरीबासीका लागि पोखरामै सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्ने सुविधा
धादिङका सुनिलले ‘क्ल्याप पुलअप’मा तोडे १० वर्ष पुरानो गिनिज वल्र्ड रेकर्ड
नौबिसे–मलेखु सडकखण्ड दैनिक ५ घण्टा बन्द हुने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’