इजरायललाई हमाससँगको युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले दबाब दिन थालेका छन्। युद्धका कारण हजारौँ मानिसहरूको मृत्यु हुन थालेपछि र लाखौं नागरिक प्रभावित हुन थालेपछि अन्तर्राष्ट्रिय समुदालयले इजरायललाई युद्ध रोक्नका लागि दबाब दिन थालेको हो।
बीबीसीका अनुसार इजरायल र हमासबीच जारी युद्धका कारण त्यस क्षेत्रमा फसेका नागरिकलाई राहत सामग्री पुर्याउन समस्या भइरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्नका लागि दुबै पक्षसँग माग गरेका छन्।
७ अक्टुबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि इजरायलले आक्रमणलाई तीव्र बनाएको छ।
आक्रमणका कारण गाजा क्षेत्रमा बिजुली, पानी, इन्धन लगायतका आपूर्ति ठप्प गरिएको छ। जसका कारण त्यस क्षेत्रका नागरिकलाई थप समस्या भइरहेको छ।
अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनले अस्थायी सङ्घर्ष विरामको प्रस्ताव गरेका छन्।
यस्तै अस्ट्रेलियाका विदेश मन्त्री पेनी वाङ्गले पनि इजरायल आफ्नो सुरक्षा अधिकारलाई कसरी प्रयोग गर्न सकिन्छ त्यसले महत्त्व राख्ने बताएका छन्।
गाजामा मानवीय संकटलाई लिएर चिन्ता बढ्दै गएको छ। ?संयुक्त राष्ट्र सङ्घका कर्मचारीहरूले गाजामा इन्धन आपूर्ति गरिएन भने काम गर्न समस्या हुने बताएका छन्।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
बंगलादेशको सत्ता छाड्दा युनुसले नेपाल र सेभेन सिस्टर्सको प्रसंग उठाएपछि भारतमा तरङ्ग
बंगलादेश चुनावमा विद्यार्थी विद्रोहबाट स्थापित नयाँ दलले ६ सिट जित्दा पुरानालाई दुई तिहाई
बंगलादेशमा बीएनपीलाई बहुमत, १७ वर्षपछि देश फर्किएका खालिदा जियाका छोरा प्रधानमन्त्री बन्दै
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह