पोखराको फेवाताल बीच भागमा अवस्थित ताल बाराही मन्दिर पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बिहीबार शिलान्यास गरे ।
ऐतिहासिक महत्वको यो मन्दिर पुरानै स्वरुपमा निर्माण गर्न पुरातत्व विभागको समन्वयमा कुल ९ करोड रुपैयाँ लागतमा आगामी २ वर्षभित्र निर्माण सम्पन्न गरिने योजना छ ।
आचार्यले ताल बाराही पोखराको गहना भएको बताए । मन्दिर पुनःनिर्माणका लागि पोखरा महानगरपालिकाले सहयोग गर्ने जनाउँदै उनले रकमको चिन्ता नलिन आग्रह समेत गरे ।
मन्दिर व्यवस्थापन समितिले गत वर्षदेखि नै माइकिङ गरेर मन्दिर दर्शन गर्न आउने भक्तजनबाट सहयोग रकम संकलन गर्दै आएको छ ।
मन्दिर गुठी व्यस्थापन समिति अध्यक्ष हिक्मतबहादुर कुँवरले मास्टर प्लान अनुसारको मन्दिर र परिसरमा रहने संरचना निर्माणमा ९ करोड खर्च हुने अनुमान रहेको बताए । उनका अनुसार मन्दिर आगामी २ वर्षमा निर्माण पूरा हुनेछ ।
मास्टर प्लानअनुसार यहाँ मूल मन्दिरसहित गणेश मन्दिर, हवनकुण्ड बन्नेछन् । साथै, अण्डरग्राउन्डमा सभा हल, बैठक कक्ष, फोटोग्राफी, फूलप्रसाद, शौचालय लगायत बन्ने छन् ।
तालवाराहीमा कोजाग्रत पूर्णिमामा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।
पोखराको प्रमुख पर्यटकीय धार्मिक गन्तव्यका रूपमा स्थापित तालबाराहीको पुरानो मन्दिर भने भत्काइएको छ । पुरानो मन्दिर भत्काएसँगै अर्को चाँदीको मूर्तिमा प्राणप्रतिष्ठा गरी नजिकैको हवनकुण्ड रहेको ठाउँमा पूजाआजा गरिँदै आएको छ । पुरानो मन्दिर भत्काइए पनि बाराही देवीको दर्शन गर्न दैनिक ठूलो सङ्ख्यामा दर्शनार्थी त्यहाँ पुग्ने गर्छन ।
मन्दिर पुनःनिर्माणका लागि तालबाराही मन्दिर गुठी व्यवस्थापन समिति र पुरातत्व विभागबीच समन्वय गरी आवश्यक काम अगाडि बढाइने छ ।
अहिले भत्काइएको मन्दिर २०१७ सालमा बनाइएको थियो । मन्दिरको अस्तित्व सन् १६६७ देखि कायम रहिआएको पाइन्छ । कतै–कतै १४४७ देखि अस्तित्वमा रहेको भन्ने अभिलेखसमेत छ । कास्कीका तत्कालीन राजा कुलमण्डन शाहले मन्दिरमा खरको झुप्रो हालेर पहिलो पटक मन्दिर स्थापना गरेको इतिहास छ ।
प्राचीनकालमा माटाको ढिस्कामा एउटा शिला थियो, त्यहीँ मन्दिर स्थापना गरी बाराहीका रूपमा पूजाआजा गर्न थालिएको किंवदन्ती छ । किंवदन्तीअनुसार तालको बीचमा टापु बनेको र त्यहीँ मन्दिर स्थापना गरिएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर