दसैं मनाउन शहरबजारबाट बाहिर जानेहरू फर्कन थालेसँगै नाकाहरूमा भीड देखिन थालेको छ।
काठमाडौं उपत्यका सहित पोखरा, भरतपुर, बुटवल लगायत देशका शहरहरूमा शिक्षा तथा रोजगारीका लागि बस्नेहरू गाउँबाट पुन: शहर बजार फर्कन थालेका हुन् ।
यसवर्ष दसैंको अवसरमा काठमाडौं उपत्यकाबाट १६ लाखभन्दा बढी मानिस बाहिरिएका थिए। उनीहरू टीकाको भोलिपल्टदेखि फर्कन थालेकाले भीड बढेको उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ।
बिहीबार उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि प्रहरी नै खटाउनुपर्ने अवस्था आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए।
नागढुंगा, साँगा नाकामा सवारी साधनको लामो लाइन लागेको थियो। नाकामा थप प्रहरी टोली परिचालन गरी व्यवस्थापन गर्न लागिएको उनको भनाइ छ।
दसैंको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात शून्य जस्तै बनेको थियो। नाकामा सवारीसाधनको चाप बढेसँगै उच्च सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।
उपत्यकाभित्र चल्ने सवारीसमेत बाहिरी जिल्लातर्फ यात्रु ओसार्न गएकाले उपत्यकामा चल्ने सार्वजनिक सवारी केही कमी हुँदा यात्रुलाई आवतजावतमा केही असहज भएको देखिएको छ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह