टोलीमा प्रमुख प्रशासकीय अधिकृत थापा सहित कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री, महानगरपालिकाको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सीना, ई.सुरेन्द्र पौडेल, ई.ध्रुवराज भट्टराई, लेखा अधिकृत अर्जुन बराल, योजना अनुगमन महाशाखा प्रमुख कृष्ण तिवारी, ई.सुदिप दवाडी र सूचना प्रविधि अधिकृत सुवास ढुङ्गाना रहेका छन् ।
टोली अक्टोबर ३० देखी नोभेम्बर ०४ सम्म केआरआरआई र सम्बन्धित सरकारी संस्थाहरूद्वारा कोरियामा आयोजित कोरियाली सहरहरूमा हरित यातायात व्यवस्थापन र यस सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागी हुनेछ । हरित यातायात प्रणालीको विकास र व्यवस्थापनका विषयमा टोलीले कोरियाली विज्ञहरूसँग छलफल तथा अन्तरक्रिया पनि गर्नेछ । पोखरेली प्रतिनिधि मण्डलले कोरियाको सहरी यातायात प्रणालीमा नवीन विकासको वास्तविक क्षेत्रहरूको अनुभव र अवलोकन पनि गर्नेछ ।
पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्न सम्भावित उपायहरूको खोजी गरिने टोली प्रमुख थापाले बताए। परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ ।
तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियाले विश्वास दिलाएको छ ।
पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर (बस स्टप १९), निर निवास देखी शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोक देखी महिमा किराना (बस स्टप १८) सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् ।
यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को. लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गर्नेछन् । भ्रमण टोलीलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखराबाट विदाइ गरेका थिए ।














सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?