काठमाडौँ । प्रहरीले काठमाडौँको मैतिदेवीबाट कलाकार सुर्पमान स्याङतान (इकु सुलेमान) सहित ९ जना कलाकारलाई पक्राउ गरेको छ ।
प्रहरी वृत्त सिंहदरबारको टोलीले गएको शनिबार मैतिदेवीको एक डान्सघरबाट गायक तथा मोडेल चक्र बम, कलाकार सुर्पमान स्याङतान ‘इकु’सहित ९ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–८ का २९ वर्षीय बमसहित भोजपुर पात्लेपानी–२ का ४५ वर्षीय गणेश विष्ट, ३८ वर्षीय नरेन्द्र विष्ट, ललितपुरका ३८ वर्षीय सुर्पमान, रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–२ का २६ वर्षीय रोशन सिंह रहेका छन् ।
यसैगरी काभ्रे पाँचखाल नगरपालिका–६ का ६० वर्षीय शंकरप्रसाद आचार्य, रामेछापको राकाथुम–१ घर भएका २८ वर्षीय टाइम मगर, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ घर भएका ३६ वर्षीय सुरेन्द्र साउद र स्याङ्जाको चापाकोट–७ का ३३ वर्षीय घनश्याम अधिकारी रहेका छन् ।
जुवा खालबाट प्रहरीले १ लाख ९० हजार रकम बरामद गरेको छ । शनिबार राति पक्राउ गरेर उनीहरुविरुद्ध जुवा ऐन अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।
कलाकारहरुलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा थुनामा राखिएको छ ।
सम्बन्धित खबर
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
नेविसंघले गर्यो माउ पार्टी कांग्रेससँग सम्बन्धविच्छेद, भातृसंस्थाका रुपमा नरहने निर्णय
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
बालेनले चैत १३ गते प्रधानमन्त्रीको सपथ लिँदै
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
राप्रपा संसदीय दलको नेतामा ज्ञानबहादुर, प्रमुख सचेतकमा खुश्बु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह