पोखराका अनिशले जिते खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा ‘दुबई टुर’ प्याकेज

व्यवसायिक प्रवर्द्धन

पोखराका अनिशले जिते खल्तीबाट वर्ल्डलिङ्कको बिल तिर्दा ‘दुबई टुर’ प्याकेज

चार रात, पाँच दिनको दुबई टुर प्याकेज

Anish worldlink

पोखराका अनिश कुवँरले खल्ती वालेटबाट वर्ल्डलिङ्कको इन्टरनेटको बिल तिर्दा दुबई टुर प्याकेज जितेका छन् ।

खल्तीले वर्ल्डलिङ्कका ग्राहकलाई लक्षित गर्दै ल्याएको “खल्तीबाट वर्ल्डलिंकको पेमेन्ट गरेर दुबई घुमौं रमेर” अफर अन्तर्गत पोखरा – २६, सक्नेरीका कुवँरले लक्की ड्र मार्फत ‘दुबई टुर’ जितेका हुन् ।

”खल्तीबाट पेमेन्ट गर्दा दुबई घुम्न जाने अवसर पाइन्छ भनेर बुझेको चाहिँ थिएँ, तर आफैंलाई परेको भन्दा विश्वास लागेको थिएन” आफ्नो जोडीसहित दुबई घुम्ने अफर पाएपछि उनले भने ।

वर्ल्डलिङ्कको इन्टरनेट बिलको भुक्तानी खल्तीबाट गर्नेमध्ये २४ ग्राहकको जोडीलाई ‘दुबई भ्रमण’ को अफर दिइएको छ र हरेक हप्ता खल्तीले लक्की ड्र मार्फत दुई जोडीलाई दुबई टुर दिँदै आएकोमा तेस्रो हप्ताको लक्की ड्र का विजेता पोखरा – २६ सक्नेरीका अनिश कुवँर भएका हुन् ।
यो अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने हुन्छ । खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीले दुबई घुम्ने मौका पाउनेछन् । यसअन्तर्गत चार रात पाँच दिनको दुबई भ्रमणका लागि लाग्ने सम्पूर्ण खर्च खल्तीले ब्यहोर्ने छ ।

विशेषगरी तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने ग्राहकलाई यो अफरमा सहभागी गराइएको छ । तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट तिरेपछि प्रयोगकर्ताले दुई ओटा भाउचर पाउँछन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भाउचर पाउँछन् । खल्तीले ती भौचरमार्फत हरेक साता लक्की ड्र गरी दुई ओटा भौचर छान्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds