पोखरा । पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको संवृद्धि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार तालचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । रगतको अभाव भएपछि रक्त सञ्चार केन्द्रको आब्हानमा भएको रक्तदान कार्यक्रममा नयाँ र पुराना गरी ६७ जना रक्तदाताले रक्तदान गरेका हुन् ।
पहिलो रक्तदाता कुमार पण्डित क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारंभ गर्दै, पोखरा महानगपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अझै पनि रक्तदानका विषयमा मानिसहरुमा चेतनाको अभाव रहेको बताए । हरेक स्वस्थ नागरिकले तीन/तीन महिनामा रक्तदान गर्न सकिने उल्लेख गर्दै, संघसंस्थाले पनि बार्षिक र आकस्मिक तालिका बनाउन आग्रह गरे ।
अध्यक्ष थापाले गर्न सकिने काम र विषयमा मात्र बोल्न आग्रह गर्दै, बोलेपछि त्यसलाई पुरा गर्ने योजना बनाउन आग्रह गरे । उनले पछिल्लो समय सहकारीहरुको वित्तिय अवस्था सन्तुलित नभएको हल्ला बजारमा आईरहेकाले त्यसतर्फ सचेत रहन आग्रह गरे ।
रक्त संचार केन्द्र पोखराका प्राविधिक महेन्द्र के.सी ले रक्तदानको सोचमा परिवर्तन ल्याउन आग्रह गर्दै, घरघरमा रगत उत्पादन गर्ने व्यक्तिहरु भएपनि त्यो खेर गैरहेको उल्लेख गरे ।
सहकारी संस्थाका अध्यक्ष सुमन भट्टराईले डेँगु रोगका कारण रगतको आवश्यकता बढ्दा रक्त संचार केन्द्रले आग्रह गरेका बेला कार्यक्रमको आयोजना गरिएको बताए । उनले रगत अभावको समयमा सहयोगका लागि तत्पर रहन शेयर सदस्य एवं रक्तदाताहरुलाई आग्रह गरे । संस्थाका सचिव नवराज तिवारीले कार्यक्रम संचालन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वडाअध्यक्ष थापा, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, निर्वतमान अध्यक्ष छत्रधर आत्रेय, पूर्वअध्यक्ष बलराम ढकाल, सहकारी अध्यक्ष सुमन भट्टराई लगायतले रक्तदान गरेका थिए ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
नेपाल टेलिकमद्वारा बाग्लुङमा विद्यार्थीलाई स्कुल ब्याग वितरण तथा FTTH सेवा शुभारम्भ
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ