पोखरा । पुतली बाजे’ नामले चिनिने कोलिन स्मिथको निधन भएको छ । ८७ वर्षको उमेरमा उनको हरियोखर्क अस्पताल पोखरामा शनिबार बिहान ३ बजे उपचारको क्रममा मृत्यु भएको स्मिथ निकटस्थ सुनिल उलकले जानकारी दिए।
साढे २ वर्षयता पेटसम्बन्धी रोग ग्यास्ट्रोइनटेस्टनल स्ट्रोमल ट्युमरको उपचार गराइरहेका उनी केही दिन अघि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका थिए ।
पोखराको लामागाउँ घर भएका स्मिथ अशक्त भएपछि चर्चमा बस्न थालेका हुन्। ‘पुतली बाजे’ को सोमबार अन्त्येष्टि गरिनेछ। गाईघाटमा अन्त्येष्टि गर्नुपूर्व श्रद्धाञ्जली दिन उनको पार्थिव शरीरलाई नयाँगाउँ र नदीपूरको चर्चमा राखिने उलकले बताए।
‘पुतली बाजे’ बेलायतबाट वि.सं. २०२२ मा नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए ।
पोखरा लामाचौरस्थित नेपाली आदर्श विद्यालयबाट अध्यापन सुरु गरेका उनी पोखरा र गोरखाका विभिन्न स्कुलमा अध्ययन गराएका थिए।
नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २०७६ मंसिर १६ मा मानार्थ नेपाली नागरिकता प्रदान गरेको थियो । उनले नागरिकताका लागि सन् १९९० देखि नै आवेदन दिन थालेका थिए।
स्मिथले पुतलीबारे ३० भन्दा बढी किताब प्रकाशित छन्।
सम्बन्धित खबर
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञहरूद्वारा सुझाव संकलन
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते