जाजरकोट भूकम्पबाट प्रभावित जिल्लामा कार्यरत कर्मचारीहरूलाई तत्काल काममा फर्कन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीलाई यथाशीघ्र आफ्नो कार्यालयमा हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।
भूकम्प प्रभावित जिल्लाका बिदामा रहेका कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन
मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै बिदामा रहेका कर्मचारीलाई तत्काल आफ्नो कार्यालयमा हाजिर हुन भनिएको हो । काममा रहेका कर्मचारीलाई पनि तत्काल बिदामा नरहन हुन निर्देशन दिइएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले भूकम्पबाट मृत्यु भएका नागरिकको खोजी एवं घाइतेको राहत तथा उद्धार, स्वास्थ्य उपचारसहित अन्य सबै पक्षको व्यवस्थापन प्रत्यक्ष एवं अप्रत्यक्ष सघाउ पुर्याउन अग्रसरता देखाई कार्य प्रवाह गर्न गराउन हुन प्रभावित जिल्लामा सबै स्थानीय निकाय तथा स्थानीय निकायका पदाधिकारी तथा कर्मचारीलाई अनुरोधसमेत गरेको छ ।
शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाई गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट जाजरकोट, रुकुमपश्चिम, रुकुमपूर्व र सल्यानलगायतका जिल्लामा मानवीय र भौतिक क्षति भएको छ ।
सम्बन्धित खबर
नगरकोटमा दुई जना भ्लगरलाई कुटपिट गर्ने तामाङ पक्राउ
रवि लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ थप केही दिन लम्बिने
‘ग्यासको अवैध कारोबार भएको थाहा पाए ११३७ मा फोन गर्नू’
सर्वोच्चमा रवि लामिछानेसम्बन्धी मुद्दा पुनः ‘हेर्दाहेर्दै’मा, मंगलबार फेरि सुनुवाइ हुने
इनिसाको पोस्टमार्टम रिपोर्ट: बलपूर्वक यौनसम्पर्कले मृत्यु, यस्तो छ प्रेमी भनिएका किशोरको बयान
कस्टमर ग्रुप नेपालद्वारा पाल्पाको विद्यालयलाई सहयोग
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु