कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रबिन्दु भई कार्तिक १७ गते राती करिब ११ बजेर ४७ मिनेटमा गएको विनाशकारी भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लाहरूमा समेत ठुलो जनधनको क्षति हुन पुगेको छ ।
सरकारी संयन्त्रमात्र नभई यो दु:खद घडीमा निजी क्षेत्रलेसमेत आफ्नो क्षेत्रबाट सक्दो सहयोग राहत घोषणा गरिरहेका छन् ।
पोखराको लेकसाइड स्थित होटल सदनले पनि सहयोग गर्ने भएको छ । आफ्नो होटलमा रहेको कोठा विक्रिबाट दुई दिनसम्म हरेक कोठाबाट २५० रुपैंयाका दरले हुन आउने रकम एकमुष्ठ रुपमा प्रदान गरिने होटल सदनका सञ्चालक विश्वदर्शन पराजुलीले जानकारी दिए ।
जाजरकोट तथा पश्चिम रुकुममा गएको भुकम्पबाट भएको मानवीय तथा सम्पूर्ण क्षतिप्रति दु:ख व्यक्त गर्दै उनले भने– ‘यस दु:खद परिस्थितिमा हातेमालो गर्ने सानो प्रयास स्वरुप हाम्रो होटलमा भएका सबै २० कोठामध्ये शनिबार र आइतबार दुई दिन विक्री हुने हरेक कोठाबाट प्रतिकोठा २५० का दरले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा दाखिला हुने गरी जम्मा गर्नेछौँ ।

यसैबीच, गण्डकी प्रदेश सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएको छ । पोखरा महानगरपालिकाले ५० लाख सहयोग गर्ने भएको छ । मेयर, उपमेयर, वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरुबाट एक महिनाको तलब सहयोग गर्ने भएका छन् भने राहत सामाग्री लिएर वडाध्यक्षसहितको टोली गएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ