पोखरा । पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोख्रेल निर्वाचित भएका छन् । क्लबको २५ औं साधारण सभा तथा आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
कार्यसमिति उपाध्यक्षमा यमप्रसाद भट्टराई, सचिव कृष्णप्रसाद अधिकारी, सहसचिव प्रकाशकुमार कटुवाल र कोषाध्यक्ष माधव आचार्य छन् । सदस्यमा दोलराज लम्साल, दानबहादुर श्रेष्ठ, नवीन हमाल र विनोद लिगल छ ।
नवनिर्वाचित अध्यक्ष पोख्रेलले संस्थाले रजतजयन्ती मनाइरहँँदा र आफूले क्लबको नेतृत्व पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले इलेक्ट्रिक व्यवसायीको हकहितका लागि आफू नेतृत्वको कार्यसमिति लागिपर्ने प्रतिबद्धता जनाए । यसअघि उनी सचिव थिए ।
नेपाल विद्युत व्यवसायी महासंघका केन्द्रीय सदस्य केशवराज ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पोखरा इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष नारायण सुवेदी, पोखरा इलेक्ट्रिक एसोसिएसनका तृतीय उपाध्यक्ष नीलबहादुर भुजेल लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अमृत पोख्रेल र स्वागत उपाध्यक्ष दीपक बास्तोलाले गरेका थिए । क्लबबारे सहसचिव प्रकाशकुमार कटुवालले प्रकाश पारेका थिए ।
‘दक्ष जनशक्ति आजको आवश्यकता, गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता’ उद्घोषका लागि २०५६ सालमा संस्थाको स्थापना भएको हो ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ