पोखरा । गण्डकी प्रज्ञा–प्रतिष्ठान र स्विजरल्याण्डको दि स्पिक इन साइलेन्सबीच बिहीबार सहकार्य गर्ने विषयमा सम्झौता भएको छ ।
दुई संस्थाबीच कला, संगीत र संस्कृतिको आदान–प्रदान गर्ने उद्धेश्यले एक कार्यक्रमकाबीच समझदारी पत्र (एम.ओ.यू.)मा हस्ताक्षर गरिएको हो । एम.ओ.यू.मा गण्डकी प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ तथा दि स्पिक इन साइलेन्स स्विजरल्याण्डका प्रमुख मेलिना दी लमर्लिएरले हस्ताक्षर गरेका छन् ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानमा आयोजित समझदारी पत्रमा हस्ताक्षर गरे पश्चात बोल्दै दि स्पिक इन साइलेन्सकी प्रमुख मेलिनाले अब दुई संस्थाबीचको सहकार्यमा कला, संगीत र संस्कृतिको आदान–प्रदानका कार्यक्रम गरिने बताइन् । उनले नेपालको सुन्दरतासँगै यहाँको संस्कृतिको बारेमा खुलेर प्रशंसा गरिन् ।
गण्डकी–प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले एम.ओ.यू. सम्झौता सँगै दुई संस्था मिलेर कला, संगीत र संस्कृतिको क्षेत्रमा काम गरिने जनाए । यसरी सहकार्य गर्दा विदेशमा यो क्षेत्रमा प्रयोग भइरहेका विभिन्न नवितम् ज्ञान समेत जान्ने बुझ्ने अवसर मिल्ने उनको भनाइ छ । एक अर्काबिचको सहकार्यमा प्रभावकारी कार्यक्रम गर्न सकिने भएकोले नेपालका रहेका विभिन्न प्रज्ञा–प्रतिष्ठान, संस्था सहित विभिन्न देशमा क्रियाशिल संस्थासँग समेत सहकार्य गर्ने कार्य भइरहेको सुनाए ।
गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षातामा भएको कार्यक्रममा स्वागत उपकुलपति गोरे गुरुङले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ