दिदीबहिनी नभएका तथा मनाउन जान नपाउनेका लागि पोखरा महानगरले नै यहाँ भाइटीका लगाउने व्यवस्था गरेको छ ।
महानगरका अधिकृत लोकदर्शन कोइरालाका अनुसार विभिन्न परपस्थितिले घर परिवारवाट टाढा हुनु परेका, आफ्नै दिदीबहिनी नभएका साथै चाडपर्व मनाउन ईच्छुक तर विविध कारणले मनाउन नपाएकाका लागि पोखरा ११ रामघाटस्थित गिता मन्दिर भाइटीकाका दिन सामूहिक टीका कार्यक्रम आयोजना गर्न लागिएको हो ।
विभिन्न संघ संस्था, नागरिक समाजसंग समन्वय गर्दै पोखरा महानगरपालिकाको व्यवस्थापनमा परम्परागत संस्कृतिको जगेर्ना हुने गरि मौलिक रुपमा आयोजित सामुहिक भाईटिका ग्रहण कार्यक्रममा सहभागी भैदिन महानगर प्रमुख धनराज आचार्यले आग्रह गरेका छन् ।
सहभागिताका लागि नाम टिपाउन पनि महानगरले आग्रह गरेको छ । नाम प्राप्त भएपछि सोहि अनुसार टीका, माला, भाइमसला लगायतका सामाग्रीका लागि सहज हुनेछ ।
पञ्चकन्याले भाइटीका लगाइदिने तयारी भएको छ । भाइटीका कार्यक्रम साइत १०ः५१ देखि दिउसो २ बजेसम्म तय भएको छ ।
सम्पर्कका लागि अधिकृत लोकदर्शन कोइरालालाई ९८४६०२०१७६ र कृष्ण केसीलाई ९८५६०३९९६६ मा फोन गरी नाम टिपाउन सकिनेछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
न्याशनल इन्भेन्टिभ स्कुलमा अनिमेषको नेतृत्वमा अंग्रेजी स्क्र्याबल क्लब गठन
तामझामपूर्ण तरिकाले शुरु भयो २७ औं पोखरा सडक महोत्सव
राष्ट्रिय लिगमा सहभागी हुने पोखराको लालीगुराँस एसोसिएसन क्लबद्वारा सहयोग आह्वान
युआरएलको सहयोगमा शिवालय र नदीपुरमा शिविर
मणिपाल अस्पताललाई पोखराको उत्कृष्ट करदाता सम्मान
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ