पोखरा टेलिभिजनले नेपालकै टेलिभिजन इतिहासमा पहिलो पटक आयोजना गरेको मौलिक देउसी भैलो महोत्सवमा पुन समाज पोखरा च्याम्पियन बनेको छ ।
विभिन्न स्थानबाट छनौट भई उत्कृष्ट सात टोलीले प्रतिष्पर्धा गरेकोमा पुन समाज मौलिक देउसी भैलो च्याम्पीयन २०८० बन्न सफल भएको हो । च्याम्पियन टोलीले नगद १५ हजारको साथमा ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ ।
पोखरा उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुुुशिला सिंखडाले गरेकी थिइन् ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिंखडाले संचार माध्ययमले गरेका यस्ता कार्यक्रमले नेपालको मौलिक कला संस्कृतिको जगेर्ना गर्न ठूलो भूमिका खेल्ने हुुँदा आगामी दिनहरुमा पनि निरन्तरता दिन आग्रह गरिन् ।
महोत्सवमा पुन समाजसहित नेपाल मगर संघ रामबजार इकाई समिति पोखरा, बाग्लुुङ घूूम्टे मगर समाज फुलबारी, क्षेत्री समाज जिल्ला कार्य समिति कास्की, लेखनाथ नेवाः मिसा पुुचः , सिद्धार्थ तमुु समाज सेति नहर मार्ग भद्रकाली र गन्धर्व आमा समूह बाटुुलेचौरको सहभागिता रहेको थियो ।
प्रत्येक समूहले पाँच पाँच हजारका साथमा प्रमाण पत्र प्राप्त गरेका थिए । पछिल्लो समय नेपाली मौलिक संस्कृति परम्परामा विचलन देखिन लागेकोले यस्ता खालका कार्यक्रमले नेपालीपन बचाउन मुख्य भूमिका खेल्ने निर्णायक संयोजक बरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुलीले बताए ।
पोखरा टेलिभिजनका प्रवन्ध निर्देशक माधव पनेरुले तिहारको समयमा खेलिने देउसी भैलोको मौलिकपना बचाउँदै भावी पुस्तामा संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै कार्यक्रम भव्यताका साथ सम्पन्न भएकोमा सबैप्रति आभार व्यक्त गरे ।
उक्त प्रतियोगितामा बरिष्ठ लोक दोहोरी गायक प्रजापति पराजुली, गायक एवं कवि पदम राज ढकाल र लोक दोहोरी गायिका सरला पाण्डेसमेत निर्णायक थिए ।
कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुति समेत रहेको थियो । मन्त्री सिंखडासहितका अतिथिहरु देउसीभैलोमा नाचेका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ