काठमाडौं । नेपाल प्रहरीले अवैध जुवातास खेल्दै गरेका ६५ जनालाई देशका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
प्रहरीले काठमाडौं, सुर्खेत, अछाम र उदयपुरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ६५ जनालाई नगदसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार काठमाडौं नागार्जुन नगरपालिका -३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४० वर्षीय श्याम बाबु तामाङ समेत २२ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
सुर्खेत, चौकुने गाउँपालिका-६ जुम्ल्याहामुल बस्ने ३२ वर्षीय दिपेन्द्र कुमार बिसिको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपेन्द्र समेत २७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गुटु र ईलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख २८ हजार ७ सय ९२ रूपैयाँ, ३८ गड्डी तास र मोबाइल २३ थानसहित पक्राउ गरेको हो ।
यस्तै, मंगलसेन नगरपालिका-९ वलीगाउँ बस्ने कमल रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा रावल समेत ७ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मंगलसेन र जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।
उता, उदयपुर चौदण्डीगढी नगरपालिका-७ कल्याण चोकस्थित खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय वयान राई समेत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४ हजार ३ सय ५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी उदयपुर, चौदण्डीगढी नगरपालिका-५ सिवाई बजारमा कौडा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय अजित कार्की समेत ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५५ हजार ६० रूपैयाँ र १६ पिस कौडासहित पक्राउ गरेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु