दिदीबहिनी, दाजुभाइ नहुनेका लागि काठमाडौंको रानीपोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिर खुला भएको छ। वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि बेलुकीसम्मै खुल्ला हुने काठमाडौं महानगरपालिकाले जनाएको छ ।
बालगोपालेश्वर मन्दिर तिहारको टीकाको दिन मात्रै खुला गर्ने प्रचलन रहेको छ। दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बाल गोपालेश्वर मन्दिर बिहानबाटै खुला भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ।
दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं. २० का अध्यक्ष राजेन्द्र मानन्धरले बताए। यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरू गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम रहेको जनाइएको छ ।
यसैबीच जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले बताएका छन्।
‘विसं २०३५ अघि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिरमा प्रवेशका लागि पोखरीमा मानिस हामफाल्ने समस्या रहेकाले बन्द गरिन्थ्यो, त्यसबेला जयबागेश्वरीको खञ्जनेश्वर महादेव मन्दिरमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनीको भीड लाग्थ्यो, अहिले पनि यहाँ भाइटीकाका दिन भक्तजनको भीड लाग्छ,’ उनले भने।
विसं २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो। आठ वर्षअघिको गोरखा भूकम्पले बालगोपालेशवर मन्दिर क्षतिग्रस्त बनेपछि २०७७ सालसम्म खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी एवम् दाजुभाइ नहुने भक्तजनको भीड लागेको थियो। बालगोपालेश्वर मन्दिर भूकम्पपछिदेखि मात्र भक्तजनका लागि पुन: खुला गरिएको हो। भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्छन्।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान