काठमाडौं : बालाचतुर्दशी पर्वका दिन आज महादेव मन्दिरसम्म रातभर जाग्राम बसेर महादीप बाल्नेको भीड लागेको छ । प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन आफ्ना दिवङ्गत पितृका नाममा अखण्ड दीप तथा महादीप बालेर रातभरी जाग्राम बस्ने र बालाचतुर्दशीका दिन शतबीज छर्न पशुपतिनाथ लगायतका शिवालयमै बालाचर्तुदशी पर्व मनाइन्छ।
मन्दिरसँगैको खोलामा दीप बिसर्जन गर्ने र शतबीज छर्ने व्यवस्था भएपछि सहज भएको छ । शतबीज भन्नाले खास गरी सात चिजका गेडागुडी भन्ने बुझिन्छ। यी शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सरस्र्यूं, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्छन्। शतबीज छरिसकेपछि खीर, फलाहार, दही, चिउरा, पुलाउ इत्यादि मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा विद्यमान छ।
बाला चतुर्दशीले चाडपर्व सामाजिक बन्धन र साम्प्रदायिक सद्भावको समय पनि हो। यसमा रीतिरिवाज र समारोहहरूमा सामूहिक सहभागिताले समुदायभित्रको सम्बन्धलाई बलियो बनाउँछ। यसरी सामाजिक एकतालाई बलियो बनाउँछन्। जुन बालाचतुर्दशीले परिवारका लागि आफ्ना मृतक प्रियजनहरूलाई सम्मान र सम्झनाका लागि एक मार्मिक अनुस्मारकको रूपमा कार्य गर्दछ। जुन प्रदर्शन गरिएका अनुष्ठान सम्मान र श्रद्धाका कार्यहरू हुन्। जसले मृतकको सम्झनाहरू जीवितहरूको हृदयमा जीवित राख्न मद्दत गर्दछ। यो साम्प्रदायिक स्मरणले पुस्तासम्म निरन्तरता र जडानको भावनालाई बढावा दिन्छ।
त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ। श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ।
सम्बन्धित खबर
साउनको दोस्रो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो
आज असार १५ : दही चिउरा खाने दिन
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
सामूहिक प्रयासले फेरियो स्वरेक कोट कालिकाको रूप
आज महाशिवरात्रि, पशुपतिनाथ सहित देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ