पोखराको पट्नेरीमा करेन्ट लगाउँदै माछा मार्दा दम्पतीको मृत्यु

दुर्घटना

पोखराको पट्नेरीमा करेन्ट लगाउँदै माछा मार्दा दम्पतीको मृत्यु

current maachha marda

पोखरामा करेन्ट लगाउँदै कुलोमा माछा मार्ने क्रममा दम्पतीको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. २९ पटनेरीमा डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षकै सावित्री सुनार रहेका छन् ।

सुनार दम्पतिको स्थायी घर मुस्ताङ जिल्ला, जोमसोम हो । आज सोमबार साँझ ४ बजेको समयमा पटनेरी स्थित खेतमा पानी लैजाने कुलोमा बुढाबुढी मिलेर करेन्टबाट माछा मार्दै थिए ।

करेन्ट प्रवाह भएर दुवै जना घाइते भएको र तत्काल ईलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली पुगी उद्धार गरी दुवै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो ।

दुवै जनालाई अस्पताल लग्ने बित्तिकै साढे ५ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ । थप विवरण आउने क्रममा रहेको पनि कास्की प्रहरीले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds