पोखरा । क्लब क्वाटवाक र ओपन हाउसले आगलागी भएको दृष्टिविहीन बसोबास गर्ने आश्रमलाई सहयोग गरेको छ
दृष्टिविहीनहरुको समूह देउसीभैलो खेल्न गएका बेला तिहारको अघिल्लो रात आगलागी भएको थियो।
पोखरामा रहेको क्लब क्वाटवाक र ओपन हाउसले २ लाख बराबर सामग्री सहयोग गरेको छ। दृष्टिविहीनहरूले जीवन आर्जन गर्न विभिन्न ठाउँ पुगेर बेच्ने कलम, अगरबत्ती, कपुर लगायत सामाग्री सहयोग गरेको क्वाटवाक ओपन हाउसका संचालक गुप्त लामाले जानकारी दिए ।
कपूर ३२ थान, स्टील जाली ३२ थान, कान कोटाउने ३२ थान, पेन ५ थान, पेन्सिल १२ थान, ओड्ने कपडा ६ थान र टोपी जकेट टाउजर हस्तान्तरण गरेको थियो ।
क्लब क्वाटवाक र ओपन हाउसमा आएको पाहुनाले खाएको टेबलको ब्यापार बाट १०-१० रूपैंया जम्मा गरेर सामाजिक कार्यमा खर्च गर्ने सञ्चालक लामाले जानकारी दिए ।
यस्तै, अर्का सञ्चालक अमृत पहारीले अर्को महिना विद्याआश्रमलाई ओपन हाउसमै ल्याएर खान खुवाउने र एक दिन उउहाँहरूसँगै बिताउने योजना रहेको सुनाए ।
सम्बन्धित समाचारः
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
‘ज्यानको कपडाबाहेक केही रहेन, बेच्न राखिएका सबै सामान जले’
सम्बन्धित खबर
स्याङ्जामा एक हजार ८५९ अस्थायी मतदाता
निर्वाचन र होलीलाई शान्तिपूर्ण बनाउन स्याङजामा प्रशासनको अपिल
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु