दृष्टिविहीनका समूह देउसी खेल्न निस्कँदा उनीहरु बस्ने आश्रममा आगलागी भएको छ । पोखरा महानगरपालिका–२९ लेखनाथको घोतघोतेमा रहेको दृष्टिविहीन बसोबास गर्ने आश्रममा आगलागी भएको हो ।
आश्रम सञ्चालक सुशील गोदारका अनुसार उनीहरु देउसीभैलो खेल्न निस्केका बेला बुधबार राति आगलागी भएको हो । आगलागीबाट नगद ८ लाखसहित ३० लाख बराबरको क्षति भएको छ । पाँच कोठे घरसमेत जलेर ध्वस्त भएकाले कूल क्षति ७५ लाख रहेको दाबी गरिउको छ ।
एक लाख नगद आधा जलेको अवस्थामा फेला परेको छ । अपांगता मैत्री समाजले मासिक १५ हजार तिरेर भाडामा लिएका कोठाहरु पूर्ण रुपमा जलेका छन् । दृष्टिविहीनहरुले बजारमा बेच्ने गरेका सामाग्रीहरु, लत्ताकपडा पनि पूर्ण रुपमा जलेका छन् ।

उनीहरुले घरघर डुलेर कलम, अगरबत्ती, हर्पिक, कपुरलगायतका सामग्री बेच्ने गर्दथे । यसरी जम्मा गरेको करिब ८ लाख रुपैयाँ नगदसमेत जलेर नष्ट भएको गोदारको दाबी छ ।
उनका अनुसार आश्रममा ३० जना बस्छन् । तर, चाडबाडका कारण घर गएकाले १० जना मात्रै थिए । उनीहरू देउसी खेल्न लेकसाइड निस्केका बेला बेलुकी ९ बजेतिरबाट आगलागी सुरू भएको अनुमान गरिएको छ ।
सबै जलेर नष्ट भएपछि अहिले उनीहरुसँग जिउमा लगाएको लुगाबाहेक अरु केही पनि बाँकी नरहेको गुनासो गरेका छन् । देशका विभिन्न स्थानबाट पोखरा आइ त्यहाँ आश्रय लिएका र उद्यमका काम गर्ने उनीहरु आश्रम नै जलेपछि विजोक अवस्थामा छन् ।

सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो