रुसी सेनामा भर्ती भएका स्याङ्जाका युवक मारिएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–५ स्थित ठूलास्वाँराका पितम कार्कीको निधन भएको नेपाली राजदूतावास, मस्कोले जनाएको छ ।
रुसमा पुगेर त्यहाँ सेनामा भर्ती भएका कार्कीसहित तीन नेपालीको मृत्यु भएको हो । कार्की सहित रुसी सेनामा कार्यरत रहेकै अवस्थामा दोलखाको मेलुङ गाउँपालिका– ६ स्थित सुनारपानीका राज कुमार रोका र इलामको इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको पनि मृत्यु भएको छ ।
उनीहरुको गत कार्तिक २९ गते तिहारको भाइटिकाको दिन एकैसाथ मृत्यु भएपनि परिवारजनले हालै मात्र खबर पाएका छन् । पितमकी दिदी कल्पना कार्की ढकालले तालिम लिने क्रममा हवाई आक्रमण हुँदा ज्यान गएको खबर आएको बताएकी छन् ।
कार्कीका दुई छोरा छन् । मृत्युपछि हाल उनका १० वर्षीय ठूला छोरा किरियामा बसिरहेको परिवार श्रोतले बताएको छ । ४० वर्षीय कार्कीको मृत्युपछि पुतलीबजार ५ शोकमा डुबेको छ ।
उनीहरुको मृत्युको खबर रुसी सेनाको अधिकारीबाट टेलिग्राम मार्फत प्राप्त भएको मस्कोस्थित नेपाली राजदुताबासले जनाएको छ ।
दुताबासले जानकारी पाएपछि नेपाली कन्सुलरलाई उनीहरुको मृत्युको बारेमा पत्राचार गरेको हो । दोलखाका अन्दाजी ३५ वर्षीय राजकुमार रोकाको यसअघि नेपाल प्रहरीमा थिए । उनी पेन्सन जागिर छाडेर दुई महिना अघि रुस गएका थिए ।

सम्बन्धित समाचारः
रुसी सेनामा भर्ती भएर मृत्यु हुने यी हुन् तीन नेपाली, दूतावासले भन्यो- ‘परिवार सम्पर्कमा आउनू’
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’