पोखरा । कन्दरा साँगीतिक अभियान–२०८० को पहिलो ‘लाइभ कन्सर्ट’ पुस २७ गते शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा हुने भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजनामा हुने कन्दरा साँगीतिक अभियान कार्यक्रमस्थल उपलब्ध नभएका कारण सार्नु परेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए । ‘पहिला घरदेश अनि परदेश’ गीतसङ्गीत मार्फत् सन्देश प्रवाह गर्ने मूल उद्घोषका साथ आन्तरिक पर्यटन प्रवर्द्धन र पर्यटकलाई प्रोत्साहन गर्न अभियान थालिएको श्रेष्ठको भनाई छ ।
कन्दरा व्याण्डको व्यवस्थापक आदि गु्रपका प्रबन्ध निर्देशक आशिष पराजुलीले कन्दरा साँगीतिक अभियानको सम्पूर्ण व्यवस्थापकीय काम अन्तिम चरणमा पुगेकाले कन्दरा लाइभ कन्सर्ट भव्य र विशिष्ट हुने विश्वास दिलाएका छन् ।
गायक विवेक श्रेष्ठले भने -‘पर्यटनको राजधानी पोखरामा नै बसेर कलाकारसँग रियाज गरिरहेको छु।’ उनले ३० वर्ष पहिले पोखराबाटै स्थापना भएको कन्दरा पुनर्संरचनापछि पर्यटन प्रवर्द्धनका लागि सन्देशमूलक अभियानमा जोडिन पाउँदा उत्साहित भएको जनाए ।
गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रज्ञा प्रतिष्ठान, नेपाल पर्यटन बोर्डले मुलुकका सातै प्रदेशमा गरिने साँगीतिक अभियानको प्रवर्द्धन गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?