जोमसोम । मुस्ताङमा अवैध रुपले ल्याइएको बिना भन्सारको भारतीय नीलो रङको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । म्याग्दी र मुस्ताङको सीमा क्षेत्र घाँसा प्रहरी चौकीको चेक पोस्टले भारतबाट मुस्ताङ ल्याइएको केए ०३ एनसी ०४३२ नम्बरको अवैध गाडी बुधबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
चौकीले पर्यटकको परमिट र सवारी भन्सार राजस्व बुझाएको/नबुझाएको चेकजाँच गर्ने क्रममा उक्त गाडीको भन्सार राजस्व बुझाएको कागजात नभएपछि नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मिलनबहादुर विकले जानकारी दिए ।
भारतीय नम्बर प्लेटका गाडी नेपालमा ल्याउँदा दैनिक ६ सय रुपैयाँ र मोटरसाइ्कल २ सय रुपैयाँका हिसाबले सम्बन्धित निकायको भन्सार कार्यालयलाई अनुमतिका लागि राजस्व बुझाउनुपर्ने हुन्छ । यसरी राजस्व तिरेर भित्रिएका सवारी साधन नेपालमा एक वर्षमा ३० दिनभन्दा बढी राख्न नपाइने नियम रहेको मुस्ताङ भन्सार कार्यालयका नायव सुब्बा होमबहादुर बिष्टले बताए ।
मुस्ताङ प्रवेश गर्ने नाका घाँसामा चेकजाँच हुँदा उक्त भारतीय गाडीका धनीले भन्सार राजस्व बुझाएको प्रमाण पेश गर्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । गाडी जिल्ला प्रहरी कार्यालय मुस्ताङ लगिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको गाडी मुस्ताङ भन्सार कार्यालयलाई जिम्मा लगाएको प्रहरी निरीक्षक मिलनबहादुर विकले सुनाए ।
भारतको उत्तर प्रदेश कानपुरदेखि मुक्तिनाथ दर्शन गर्न आउने क्रममा हेमन्त गुटलको गाडी प्रहरीले नियन्त्रणमा लिएको हो । उनले मुस्ताङ भ्रमणका लागि पर्यटन प्रवेश अनुमती पत्र लिए पनि गाडीको भन्सार राजस्व बुझाएका थिएनन् । उनले यसबारे जानकारी नभएको र भन्सारले पनि राजस्व बुझाउनु पर्छ भन्ने जानकारी नगराएको बताएका छन् ।
मुस्ताङ भन्सार कार्यालयले नियन्त्रणमा लिएको भारतीय गाडीको १५ दिने हबदावी सूचना जारी हुने र सो अवधिमा सम्वन्धित व्यक्तिले भन्सार राजस्व बुझाएको प्रमाण पेश गर्नुपर्ने भन्सार कार्यालयका नायव सुब्बा होमबहादुर बिष्टले उल्लेख गरे ।
यसैबीच, मुस्ताङ प्रहरीले विना अनुमती पत्र ल्याइएका १० थान वाउफिङ कम्पनीको १० थान हेन्डसेट (सञ्चार उपकरण) वरामद गरेको छ । म्याग्दी र मुस्ताङ सीमाना घाँसामा प्रहरी चौकीले नियमित चेकजाँच गर्ने क्रममा बुधबार १० भारतीय पर्यटकको साथबाट हेन्डसेटहरु वरामद गरिएको हो ।
मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले पोखराबाट म्याग्दी हुँदै मोटरसाइकलमा आउँदै गरेका भारतीय पर्यटकको साथबाट सञ्चार प्रयोजनका लागि ल्याईएका विना अनुमती पत्रका १० थान हेन्ड सेट बरामद भएको बताए ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?