पोखरा वडा नं. ५ जिरो किमीमा अवस्थित मयूर बहुउद्देश्यीय सहकारी संस्थाले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
गत आर्थिक वर्षको लेखा परिक्षण तथा बार्षिक प्रतिवेदनहरु र संस्थाको आगामी बर्षका लागि नीति तथा कार्यक्रमलाई पारित गर्दै साधारणसभा सम्पन्न भएको हो ।
पोखरा महानगरपालिका सहकारी समितिका निवर्तमान अध्यक्ष तेजनारायण अधिकारीले सहकारीमा सुशासन नभएका कारण अस्थिरता पैदा भएको बताए । पछिल्लो समय सहकारीलाई हेर्ने दृष्टिकोणमा नकारात्मकता सिर्जना भएपनि यसको समाधान हुने उनको भनाई थियो ।
सुशासन र व्यवस्थापन पक्ष बलियो बनाएमा सहकारी सफल हुने उनले बताए । सहकारीलाई नियमित चेकजाँज र अनुगमन आवश्यक रहेको उनको भनाई थियो ।
सहकारीका अध्यक्ष मिनराज खड्काले कास्की जिल्लाकै उत्कृष्ट सहकारी बनाउने योजनाका साथ अगाडि बढेको बताए । शेयर सदस्यको विश्वासलाई आत्मसाथ गर्दै सहकारीलाई पारदर्शी रुपमा लगिएको उनले जानकारी दिए । अध्यक्ष खड्काले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन र सहकारीको भावी कार्यक्रम तथा योजना समेत प्रस्तुत गरेका थिए ।
उद्घाटन सत्रमा मानसा सहकारीका अध्यक्ष गोविन्द देवकोटा, नेशनल लाइफ इन्स्युरेन्स लेखनाथ शाखाका प्रमुख छविलाल पौडेल, प्राइम कमर्सियल बैंक स्याङ्जा शाखाका प्रमुख शालिकराम लामिछाने, अभियान युवा क्लबका अध्यक्ष राजु गिरी, शेयर सदस्य कपिल पौडेललगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समितिकी उपाध्यक्ष सरस्वती पौडेलले राखेकी थिइन् भने सञ्चालन सहकारीका व्यवस्थापक दिपेन्द्र पौडेलले गरेका थिए । सहकारीका सात सिद्धान्तको वाचन सचिव सुनिल पराजुलीले गराएका थिए ।
सहकारीमा हाल १८२ जना शेयर सदस्य छन् । हाल सहकारीको चुक्ता पुजी ८२ लाख ८८ हजार छ भने कर्जा लगानीमा २ करोड ७ लाख ४१ हजार ६८० रहेको सहकारीले जनाएको छ । त्यस्तै, सहकारीको निक्षेप तर्फ १ करोड, ५५ लाख ४१ हजार ११० रहेको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ