पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको गण्डकी प्रदेश इञ्चार्जमा अर्जुन पौडेल ‘निर्जन’, सह-इञ्चार्जद्वयमा मदन गिरी र सुवास अधिकारी मनोनित भएका छन् ।
संघको बुधबार सम्पन्न बैठकले कास्कीको इञ्चार्जमा विक्रम गुरुङ, तनहुँमा उज्ज्वल खनाल, लमजुङमा विमल घिमिरे, गोरखामा अमरजंग थापा, पर्वतमा सुनिल थापा, बागलुङमा सुजन केसी, म्याग्दीमा सृजना केसी, मुस्ताङमा बुद्धिमाया गुरुङ, स्याङ्जामा तिलबहादुर सेन, नवलपुरमा दीपक शर्मा, मनाङमा मदन गुरुङ चयन गरेको संघका महासचिव सुमन पुरीले जानकारी दिए ।
गण्डकी प्रदेश इञ्चार्ज निर्जन पर्वतका हुन् । उनले यसअघि युवा संघको वडा, पालिका, जिल्ला, अञ्चल, प्रदेश हुँदै केन्द्रीय सदस्य बनेर एक कार्यकाल सहइन्चार्जको जिम्मेवारी सम्हालेका थिए ।
२०५४ अनेरास्ववियुको सदस्यताबाट विद्यार्थी राजनीतिमा उदाएका पौडेल २०५८ मा अनेरास्ववियु जिल्ला कमिटी सदस्य, २०६४ मा युवा संघको वडा कमिटी अध्यक्ष, २०६७ मा जिल्ला कमिटी सदस्य, अञ्चल कोषाध्यक्ष, प्रदेश सचिवालय सदस्य हुँदै दुई पटक केन्द्रीय सदस्य बनेका थिए । उनी नेपालगञ्ज महाधिवेशनबाट सचिवालय सदस्य निर्वाचित भएका थिए ।
संघको कामलाई चुस्त, व्यवस्थित र गतिशील बनाउन क्रियाशीलता र बरिष्ठता, आवश्यकता र औचित्यका आधारमा एक सय ११ सदस्यीय स्थायी कमिटी गठन गरिएको छ ।
बैठकले बढ्दो महंगी, भ्रष्टाचार, अराजकता, राज्यको अकर्मण्यताविरुद्ध राष्ट्र, राष्ट्रियता र जनजीविकाका सवालमा केन्द्रित रहनेगरि सात वटै प्रदेशका सभा गर्ने निर्णय गरेको छ । जस अन्तर्गत गण्डकी प्रदेशको राजधानी पोखरामा माघ २० गते सभा गरिनेछ । सभाका लागि महाराज गुरुङलाई कमाण्डर तोकेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह