पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ

अपराध

पोखराका १६ वर्षीय बालक सहपाठीलाई ब्ल्याकमेल गरेपछि पक्राउ

साईबर अपराध मुद्दा अघि बढ्यो

mobile balak

पोखराका एक १६ वर्षीय बालक अश्लिल सामाग्री बनाएर सहपाठीलाई ब्ल्याकमेलिङ गरेपछि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अश्लील तस्वीर तथा भिडियो बनाई एक बालिकालाई ब्ल्याकमेल गर्ने  उनलाई पक्राउ गरेको हो ।

पोखरा वडा नं. २७ की १६ वर्षीया एक बालिकालाई एउटै स्कूलमा अध्ययनरत १६ वर्षकै बालकले बालिकाको फोटो तथा भिडियोहरुलाई अश्लील बनाई फेसबुकमा पोष्ट गरिदिन्छु, आफन्तलाईसमेत पठाएर बेईज्जत गरिदिन्छु भनी विभिन्न डर धम्की देखाई बालिकालाई मानसिक यातना दिने तथा व्ल्याकमेल गर्ने गरेको प्रहरीले जनाएको छ ।

बालिकाका परिवारले दिएको उजुरीका आधारमा बालकलाई पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

बालकलाई दुई थान मोबाइलसहित पक्राउ गरी विद्युतीय कारोवार ऐन (साईबर अपराध) मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds