कास्कीको माछापुच्छ्रे गाउँपालिकाले अध्यक्ष कप गण्डकी प्रदेशस्तरीय अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाको खेलकुद विकास समितिले दोस्रो संस्करणको अध्यक्ष कप आयोजना गरेको हो।
घाचोकमा पुस २६ देखि २८ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले उपाधिसँगै ३ लाख रुपैयाँ प्राप्त गर्ने गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले जानकारी दिइन्। उनका अनुसार उपविजेताले २ लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्रबाट पुरस्कृत हुनेछ।
सेमिफाइनलमा पराजित २ समूहले ५०/५० हजार रुपैयाँ पाउनेछन्। सर्वोत्कृष्ट खेलाडीले ७ हजार पाउनेछ। उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५/५ हजार रुपैयाँ दिइनेछ।
प्रतियोगितामा कम्तिमा गण्डकी प्रदेशका २५ स्थानीय तहको भलिबल समूहले सहभागिता जनाउने अपेक्षा आयोजकको छ। प्रतियोगिता सम्पन्न गर्न १२ लाख ८३ हजार रुपैयाँ लाग्ने अनुमान छ। माछापुच्छ्रे गाउँपालिका भलिबल संघका अध्यक्ष राम पुनका अनुसार टिम दर्ता शुल्क ५ हजार रुपैयाँ रहको छ ।
युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आइतबार आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए ।
पहिलो संस्करणको उपाधि बाग्लुङ गल्कोट नगरपालिकाले निसीखोला गाउँपालिकालाई पराजित गर्दै जितेको थियो। भुर्जुङखोलामा भएको खेलमा उपाधि जितेको गल्कोटले २ लाख र निसिखोलाले १ लाख २० हजार रुपैयाँ प्राप्त गरेका थिए। यसपालिका पुरस्कारको राशिमा वृद्धि गरिएको हो।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर