पोखरा । पूर्वसांसद तथा उद्योगपति स्व. सूर्यबहादुर केसीका परिवारवाट स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्तिबाट ३ जना पत्रकार सम्मानित भएका छन् ।
पोखरामा बुधवार आयोजित समारोहमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्य, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष एवम् प्रेस स्वतन्त्रता सेनानी माधव शर्मा र आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक कृष्णप्रसाद बाँस्तोला सम्मानित भएका हुन् । उनीहरुलाई नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनही एक लाख ११ हजार एक सय ११ र ताम्रापत्रसहित सम्मान गरे ।
पूर्व सांसद, पोखराका वरिष्ठ उद्योगपति एवम् समाजसेवी सूर्यबहादुर केसीको परिवारजनले स्थापना गरेको सूर्पप्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा कीर्ति स्मृति पत्रकारिता वृत्ति पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने गरी हरेक वर्ष अग्रज पत्रकारलाई सम्मान गरिंदै आएको छ ।
२०७३ सालदेखि वितरण सुरु उक्त सम्मान कोरोनाका कारण ३ वर्षदेखि रोकिएकोमा यसपाली क्रमशः वर्ष २०७७ का लागि डा. आचार्य, वर्ष २०७८ का लागि शर्मा र वर्ष २०७९ का लागि बाँस्तोलालाई प्रदान गरिएको हो ।
सो सम्मानबाट यसअघि युवराज घिमिरे, बद्रीविनोद प्रतीक, किशोर नेपाल र नारायण कार्की सम्मानित भइसकेका छन् । पुरस्कार प्रदान गर्दै काँग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्र रक्षाको लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए ।
पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रतिभा छनोट समितिका संयोजकहरु पुण्य पौडेल र बद्रीविनोद प्रतीक, सम्मानित व्यक्तित्वहरुलगायतले पत्रकारको हकहित एवम् स्वतन्त्र पत्रकारिताको पक्षमा आफ्ना धारणा राखेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह