पोखरा महानगरपालिका, नगर युवा परिषद्को उपाध्यक्षमा सन्तोष न्यौपाने नियुक्त भएका छन् ।
पोखरा महानगरपालिका प्रमुखस्तरीय निर्णय अनुसार नगर युवा परिषद् सञ्चालन कार्यविधि, २०७५ (प्रथम संशोधन) को दफा ३ ख बमोजिम न्यौपानेलाई उपाध्यक्ष पदमा नियुक्त गरिएको पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले जानकारी दिएका छन् ।
नगर युवा परिषद्का नवनियुक्त उपाध्यक्ष न्यौपानेले महानगरपालिका भित्रका युवाहरुको हक, हित र अधिकार संरक्षण एवं सम्वर्द्धनका साथै युवाहरुको ज्ञान, सीप र क्षमतालाई उपयोग गर्न लागिपर्ने बताए ।
उपाध्यक्ष न्यौपाने बिद्यार्थी आन्दोलनबाट खारिएर आएका क्षमता र शैक्षिक योग्यताले पूर्ण युवा हुन् । त्रिवि अन्तर्गतको पृथ्वीनारायण क्याम्पसबाट राजनीति शास्त्रमा स्नातकोत्तर उनले जनसम्पर्क विषयमा पनि स्नातकोत्तर गरेका छन् । कानुनतर्फ एलएलबी गरेका न्यौपानेले विज्ञान संकायमा स्नातक पूरा गरेका छन् ।
पहिलो पाइला नेपाल पोखरा, नमस्ते नेपाल पोखरा शाखा र युथ थिंकर सोसाइटीका संस्थापक सदस्य न्यौपाने अन्य साहित्यिक र सामाजिक संघसंस्थामा क्रियाशील रही अनुभव लिएका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह