पोखराको पर्स्याङमा गएराति भयानक सवारी दुर्घटना गराउने कार चालक आफै प्रहरीको सम्पर्कमा आएको कास्की प्रहरीले जनाएको छ ।
फराकिलो सडकमा नियन्त्रणमै लिन नसक्ने गरी निकै तीव्र गतिमा कार चलाएर दुई युवक मार्ने व्यक्ति कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका वडा नं. २ खादरजुङ्ग घर भएका ३२ वर्षका भक्तराम गुरुङ रहेको खुलेको छ ।
घटनापश्चात् गुरुङ फरार भएका थिए । आज राति ९ः२५ बजे आफै वडा प्रहरी कार्यालय बैदामको सम्पर्कमा आएको कास्की प्रहरीले जानकारी दिएको हो । दुई पैदलयात्री ठक्कर दिएपछि कार रुख ढाल्दै घरको फार्मेसी रहेको सटरमा गएर ठोक्किएको थियो । कार नै ९० डिग्रीमा कोल्टिएको थियो । त्यति ठूलो दुर्घटना गराएका गुरुङले कारमै फोन छाडेर फरार भएका थिए ।
गए राति १२ बजेर ५१ मिनेटको समयमा पोखरा वडा नं. ५ प्रस्याङ स्थित सिद्धार्थ बैंक अगाडि बागलुङ बसपार्कबाट जिरो कि.मी. तर्फ जादैँ गरेको बा १३ च ३७२१ नं. को कारले पैदल यात्रीलाई ठक्कर दिएको थियो । उक्त कार गुरुङले भाडामा लिएको बुझिएको छ । उनी सिंगापुरे पुलिस रहेको बताइन्छ ।
मृतकमध्ये एक जनाको अझै पहिचान खुलेको छैन । उनको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । अर्का मृतक बाग्लुङ ढोरपाटन नगरपालिका ६ घर भई हाल पोखरा नदीपुर बस्ने बर्ष २० को ढालेन्द्र छन्त्याल रहेका छन् ।
ढालेन्द्रका सालो नाता पर्ने लालबहादुर छन्त्यालका अनुसार तीन जना नदिपुरबाट लेकसाइडतर्फ क्रिसमस ईभ रमाइलो हेर्न भनी हिँडेर जाँदै थिए । बाग्लुङ बसपार्कमा आइपुग्दा अर्का एक युवकले चुरोट सल्काउन भन्दै लाइटर मागे । उनीहरुसँग लाइटर थिएन । त्यसपछि गफ गर्दै जिरोकिमि तर्फ अघि बढे । लालबहादुर र अर्का भिनाजु पर्ने प्रशान्त छन्त्याल १० मिटर जति अघि थिए । ढालेन्द्र र लाइटर माग्ने युवक पछि पछि गफिँदै हिँडिरहेका थिए । त्यसैबेला पछाडिबाट बुलेट ट्रेन जस्तो गतिमा आएको कारले ठक्कर दिएको सीसीक्यामेरा फुटेजमा देखिन्छ ।

दुर्घटनापश्चात् वडा प्रहरी कार्यालय बैदामबाट डीएसपी राजेन्द्र श्रेष्ठको कमाण्डमा १५ जनाको टोली खटिएर अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर