पोखरा । नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एसोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
१३ सदस्यीय कार्यसमिति रहेको एसोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएका छन् । त्यसैगरी महा सचिवमा हिमालय बिक्रम लिम्बु, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ निर्वाचित भएका छन ।
एसोसियसनको सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गज बहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचि भएका छन् ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मञ्डलका अध्यक्ष एमबि आस्था मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै आस्था मगरले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
नव निर्वाचित अध्यक्ष गोपाल राईले नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको अधिवेशनबाट आफुलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएकोमा एसोसियसनमा आवद्ध सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिदै संस्थाको हितमा काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
नवनिर्वाचि कार्यसमितिलाई निवर्तमान एसोसियसनका निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङ, संस्थाको संरक्षकहरु पर्वत राई, क्या. राम प्रसाद गुरुङ, याम बहादुर गुरुङ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’